spot_img

सुरु भयो गुँला पर्व , गरियो स्वयम्भू परिक्रमा

spot_img

काठमाडौं । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजबाट सुरु भएको छ ।

Advertisement

नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिनासम्म मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । यसैक्रममा आज बिहान स्वयम्भू महाचैत्यको परिक्रमा गरिएको छ ।

Advertisement

बौद्धमार्गीहरुले विशेषगरी स्वयम्भूको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्दछन् । स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको छ । यो पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएता पनि अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका छन् ।

Advertisement

पर्वको अवसरमा नौ बाजा बजाउने प्रचलन छ । तर प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ ।

पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाउने गरिन्छ ।

नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भनिन्छ । नेपाल संवतको नवौ महिनामा यो पर्व मनाउने गरिन्छ । यो पर्व अवधिभर माछा मासु, जाँडरक्सी, गुन्द्रुक खान नहुने नियम छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै