विश्वकर्मालाई रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी

spot_img

सोलुखुम्बु, जेठ ९ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सोलुखुम्बुले भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धन विभाग प्रमुखको जिम्मेवारी कर्ण बहादुर विश्वकर्मालाई दिएको छ । जिल्ला समितिको बिहीबार बसेको भर्चुअल बैठकले विश्वकर्मालाई उक्त विभाग प्रमुखमा मनोनयन गर्ने निर्णय गरेको हो । पार्टीले सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्ने उद्देश्यसहित उनलाई जिम्मेवारी प्रदान गरेको जनाएको छ ।

Advertisement

यसअघि नेपाल दलित संघ सोलुखुम्बुका जिल्ला अध्यक्ष रहेका विश्वकर्माले नेपाली कांग्रेससँगको राजनीतिक सम्बन्ध अन्त्य गर्दै हालै रास्वपामा आबद्ध भएका थिए । पार्टी प्रवेशसँगै उनलाई महत्वपूर्ण विभागीय जिम्मेवारी दिइएको हो । रास्वपा सोलुखुम्बुका जिल्ला सभापति नारायणकाजी कार्कीले विश्वकर्माले संगठन विस्तार, पार्टी सुदृढीकरण तथा जनविश्वास निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको बताए । उनका अनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता संवेदनशील विषयमा विश्वकर्माको अनुभव तथा सक्रियताले पार्टीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Advertisement

नवनियुक्त विभाग प्रमुख विश्वकर्माले प्राप्त जिम्मेवारीलाई इमान्दारी, निष्पक्षता र प्रतिबद्धताका साथ निर्वाह गर्ने प्रतिक्रिया दिए । उनले सुशासन प्रवद्र्धन, जनचासोका विषय उठान तथा भ्रष्टाचारविरुद्ध जनस्तरमा सचेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।

Advertisement

रास्वपा सोलुखुम्बुले पछिल्लो समय संगठन विस्तारसँगै विभिन्न विभागलाई सक्रिय बनाउने अभियानलाई तीव्रता दिएको छ । जिल्लास्तरमा नयाँ नेतृत्व र जिम्मेवारी बाँडफाँटमार्फत पार्टीले वैकल्पिक राजनीतिक शक्तिको रूपमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउने रणनीति अघि सारेको जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै