spot_img

सोलुमा मकै उत्पादनमा बृद्धि

spot_img

सोलुखुम्बुमा मकै उत्पादनमा बृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०७७–७८ मा ३३ हजार ४८ मेट्रिक टन मकै उत्पादन भएकोमा आर्थिक वर्ष २०७८–७९ मा ३३ हजार १८५ मेट्रिकटन मकै उत्पादन भएको हो ।

Advertisement

यि दुई आर्थिक वर्षको तथ्याङ्कलाई तुलना गर्दा १३७ मेट्रिक टनले मकै उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । पछिल्लो समयमा कृषिमा यान्त्रिकरण, प्राविधिक सल्लाह र बिउ बिजनको सहज उपलब्धताले मकै उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका बाली संरक्षण अधिकृत बबि बस्नेतले बताए ।

Advertisement

सिँचाईको उपलब्धता, कृषकमा मकै खेतिबारे प्राविधिक ज्ञान बृद्धि हुनु र प्राङगारिक मल प्रयोगले पनि उत्पादन बृद्धि भएको उनले बताए । जिल्लामा सलह किरा र फौजि किराको प्रकोपका बिच पनि उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Advertisement

जिल्लामा अहिले १३ हजार ७ सय ७० हेक्टर जमिनमा मकै उत्पादन हुने गरेको छ । जसमा २.४१ उत्पादकत्व दर रहेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । यहाँ गणेश १ र स्थानिय जातको मकै खेति हुने गरेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै