spot_img

सोलुदुधकुण्डमा दुई मोटरेबल ब्रिज, मेयर शेर्पाले गरे अनुगमन

spot_img

सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड । भुगोलको हिसाबले निकै ठुलो छ । नगरपालिका भित्र बाह्रै महिना सडक सञ्चालनका लागि साना ठूला खोलामा सवालमा नगरपालिकाले काम गरिरहेको छ ।

Advertisement

विभिन्न खोलाहरुमा मोटरेबल पुल निर्माणको कामलाई जारी राखिएको छ । जस्ले सवारी संचालनमा महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । पछिल्लो पटक निर्माण सम्पन्न गरिएको दुई मोटरेबल ब्रिजको मंगलबार सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र प्राविधिकको टोलीले अनुगमन गरेका छन् ।

Advertisement
293454535 713698073028079 598018709231231387 n

मेयर शेर्पाले सोलुखोला माथि बनेको सल्लेरी–रोसी र सिसाखोला माथि बनेको मोटरेबल ब्रिजको अनुगमन गरेका हुन् । यी दुवै ब्रिजको निर्माण सकिएपछि गरिएको अनुगमनमा गुणस्तरिय ब्रिज निर्माण भएको पाइएको मेयर शेर्पाको प्रतिक्रिया रहेको छ । सोलु खोलामाथी निर्माण गरिएको सल्लेरी–रोसी ब्रिज २०७६ कात्तिकमा सम्झौता गरेर दावा निर्माण सेवाले निर्माण थालेको थियो ।

Advertisement

४२ मिटर लामो पुल ४ करोड ६५ लाख २२ हजारको लागतमा निर्माण सकिएको हो । उता, सिसाखोला माथी निर्माण गरिएको ब्रिजको काम पनि सकिएको छ । यो ब्रिज ३ करोड ६५ लाखको लागतमा बनेको हो । दुबै ब्रिजको उद्घाटनको तयारी गरिएको छ ।

293526692 749864106132448 7640335572001967280 n

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै