सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट

spot_img

सोलुखुम्बु, साउन ११ । सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकाको जुनियर राष्ट्रिय कराँते टोली (टिम यूएसए) मा छनोट भएकी छन् । अमेरिकाको वासिङ्टन राज्यस्थित स्पोकेनमा जुलाई १६ देखि १९ सम्म सम्पन्न २०२६ यूएसए कराँते राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत ४७ किलोको टोली कुमिते विधामा स्वर्ण पदक जित्दै उनी टिम यूएसएमा छनोट भएकी हुन् ।

Advertisement

अब शेर्पाले आगामी अगस्ट २४ देखि ३० सम्म कोस्टा रिकामा हुने २०२६ प्यान अमेरिकन कराँते च्याम्पियनसिपमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्नेछिन् । न्युयोर्कमा रहेको कराँते प्रशिक्षण केन्द्र डोजोमा प्रशिक्षणरत उनले पछिल्ला केही वर्षदेखि राष्ट्रिय तथा राज्यस्तरीय प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै भएकी छन् ।

Advertisement

शेर्पाले सन् २०२५ को यूएसए कराँते राष्ट्रिय च्याम्पियनसिपमा कांस्य पदक, २०२४ को नेसनल गेम्समा दुई रजत पदक, २०२४ को लुइजियानामा सम्पन्न प्रतियोगितामा एक रजर र कांस्य पदक तथा २०२३ को यूएसए कराँते राष्ट्रिय च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन् । उनले एएयू कराँते च्याम्पियनसिप र गार्डेन स्टेट कराँते च्याम्पियनसिपमा र न्युयोर्क स्टेट च्याम्पियन सिपमा एक स्वर्ण र एक रजत समेत स्वर्ण पदक जितेको नेपाल अमेरिका पत्रकार समाजका अध्यक्ष सुरज भण्डारीले बताए ।

Advertisement

जेत्सुन सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङ निवासी ल्हाक्पा शेर्पा र छेतेन शेर्पाकी छोरी हुन् । लामो समयदेखि शेर्पा परिवार नै अमेरिकामा बस्दै आएका छन् । खेलसँगै उनी अध्ययन र पौडी प्रतियोगितामा समेत सक्रिय रहेको जेत्सुनका बुवा ल्हाक्पा शेर्पाले बताए ।

उनले भने, “अन्तराष्ट्रिय उपाधि हामो परिवार, प्रशिक्षक र छोरीको वर्षौंको मिहिनेत, अनुशासन र समर्पणको प्रतिफल हो, यसलाई हामी मात्रै हैन मेरो देश नेपालको शिर समेत उच्च बनाएको महसुस भएको छ ।” शेर्पा परिवारले प्रशिक्षक तथा कराँते प्रशिक्षण केन्द्र डोजोप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै