spot_img

अध्यक्ष राईको सपना साकार बन्दै, प्रदेशकै बढी विद्यार्थी उत्तीर्ण गराउँदै पहिलो बन्यो थुलुङ दुधकोशी बहु–प्राविधिक शिक्षालय

spot_img

बैशाख ३१, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी बहु–प्राविधिक शिक्षालय कोशी प्रदेशकै सबै भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने प्राविधिक शिक्षालय बनेको छ ।

Advertisement

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्ली स्थित उक्त शिक्षालयले डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ तेश्रो सेमेस्टरमा ६५.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै प्रदेशकै सबै भन्दा बढी विद्यार्थी उर्तिण गराउने प्राविधिक शिक्षालय बनेको हो ।

Advertisement

शिक्षालयको पहिलो व्याज अन्र्तगत तेश्रो सेमेस्टरमा सामेल ३६ जना विद्यार्थी मध्ये ६५.७९ प्रतिशत अर्थात २५ जना उत्तीर्ण भएका छन् । उक्त परिक्षामा राष्ट्रिय सेकेन्डरी स्कुल सुनसरी ५६.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै दोश्रो भएको छ ।

Advertisement

राष्ट्रिय सेकेन्डरीले ४६ जना विद्यार्थी मध्ये २६ उत्तीर्ण गराएको छ भने मनमोहन मेमोरियल पोलिटेक्निक मोरङ ४८.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउदै तेश्रो भएका छन् । मनमोहन मेमोरियलले ४८ जना परिक्षार्थी मध्ये २३ जना उत्तीर्ण गराएको परिक्षा बोर्डले जनाएको छ ।

कोशी प्रदेशमा सिभिल इन्जिनियरिङ विषय अध्ययन हुने २७ वटा शिक्षालय छन् । जसमा थुलुङ दुधकोशी बहु–प्राविधिक शिक्षालय जिल्लाकै पहिलो सिभिल इन्जिनियरिङ शिक्षालय पनि हो । यहाँ सोलुखुम्बुसहित ओखलढुंगा, खोटाङ, सुनसरीसहितका जिल्लाका विद्यार्थीहरु अध्ययनरत छन् ।
ग्रामिण भेगका विद्यार्थीलाई इन्जिनियर बनाउँदै अध्यक्ष राई
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको ग्रामिण भेगका विद्यार्थीलाई इन्जिनियर बनाउने सफना साकार बन्ने दिशा तर्फ अघि बढेको छ । गाउँघरका न्यून आर्थिक स्थिती भएका नागरिकका छोराछोरीलाई समेत इन्जिनियर बनाउने अठोटका साथ २०७७ सालमा स्थापना भएको थुलुङ दुधकोशी बहु–प्राविधिक शिक्षालयले प्रदेशमै सबै भन्दा बढी विद्यार्थी उर्तिण गर्न सफल भएको छ ।

काठमाण्डौँ, पोखरा, विराटनगर लगायतका क्षेत्रमा मात्र गएर अध्ययन गर्नुपर्ने सिभिल इन्जिनियरिङ विषय गाउँमै सुरु गरेर प्रदेश टक भएको भन्दै गाउँपालिका अध्यक्ष राईले खुसी व्यक्ति गरे ।

उनले भने, ‘मेरो उदेश्य गाउँघरका गरिब नागरिकहरुले पनि इन्जिनियर बनाउने हो, न्यून आर्थिक स्तरका व्यक्तिले समेत आफ्नो क्षमता भए अध्ययन गर्न पाइन्छ भन्ने नजिर बसाउनु छ मलाई । सोही अनुसार पहिलो पटक ग्रामिण भेगमा सिभिल इन्जिनियरिङ विषय सुरु गर्ने अठोट गरेको हुँ ।’

जिल्लामा सुरुवातमा सिभिल इन्जिनियरिङ विषयको कक्षा सञ्चालन गर्न निक्कै चुनौतीको सामना गर्नुपरेको अध्यक्ष राईको भनाई छ । तथापी आफ्नो निरन्तरको मेहनत र प्रयासका कारण सोलुखुम्बु जस्तो विकट ठाउँमा कक्षा सञ्चालन गराउन सफल भएको उनले सत्य प्रेससँग बताए ।

शिक्षालय स्थापना भएदेखि नै गुणस्तरिय शिक्षा प्रदान गराउनमा आफुहरु लागि परेकाले गुणस्तरलाई अझ बृद्धि गर्दै लैजाने अध्यक्ष राईको भनाई छ । सुरुमा सबैले असम्भव जस्तै देखेको बहु–प्राविधिक शिक्षालय सञ्चालनमा सफलता मिल्दै गएपछि अभिभावकदेखि विद्यार्थी समेत निक्कै हर्सित छन् ।

देउसाकी विद्यार्थी अस्मिता राईले गाउँमै गुणस्तरिय शिक्षा आर्जन गर्न पाएकोमा खुसी व्यक्ति गरिन् । विगतमा सिभिल इन्जिनियरिङ अध्ययन गर्न लाखौँ खर्च गरेर काठमाण्डौँ, पोखरा लगायतका शहरमा जानुपर्ने बाध्यता रहेपनि अहिले घरकै खाना खाएर सर्वसुलभ रुपमा गुणस्तरिय शिक्षा आर्जन गर्न पाएको उनको भनाई छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै