spot_img

फाप्लुमा ९६ जनाले गराए निःशुल्क आँखा अप्रेसन, भने, ‘फेरि संसार नियाल्न पाइयो’

spot_img

बैशाख ३१, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको फाप्लुमा झण्डै १०० जनाले आँखाको निःशुल्क शल्यक्रिया गराएका छन् । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले तिलगंगा आँखा प्रतिष्ठानसँगको समन्वयमा फाप्लुमा तिन दिनसम्म सञ्चालन गरेको आँखा शल्यक्रिया शिविरमा ९६ जनाले मोतिविन्दुको शल्यक्रिया गराएका हुन् ।

Advertisement

बैशाख २९, ३० र ३१ गते फाप्लुमा सञ्चालन गरेको मोतिविन्दुको शल्यक्रिया शिविरमा ५० जना महिला र ४६ जना पुरुष रहेको आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिए । बृद्धा अवस्थामा आश मारिसकेको आँखाले फेरी संसार नियाल्न पाउँदै अत्यन्त खुसी लागेको महाकुलुङ गाउँपालिका ३ छेस्कामकी ७२ वर्षीया विबामनी कुलुङले बताइन् ।

Advertisement
1 3

काठमाण्डौँ गएर लाखौँ खर्च गरेर उपचार गर्नुपर्ने आँखाको अप्रेसन जिल्लामै निःशुल्क भएको भन्दै गार्माका ङिमा शेर्पाले खुसी व्यक्त गरे । लामो समयदेखि आँखा नदेख्ने समस्याबाट ग्रसित शेर्पाको शल्यक्रिया मार्फत आँखा देख्न सक्ने भएपछि माप्यदुधकोशीका बृद्धा नरेन्द्र राईमा पनि खुसीको सिमा रहेन ।

Advertisement
11 2

उनले गहभरी आँसु पार्दै भने भने, ‘हामीलाई संसार देखाउन काठमाण्डौँदेखि यस्तो विकट ठाउँमा आएर सेवा दिनुभयो, उहाँहरु त साच्चै भगवान नै हो, फाप्लुको आँखा अस्पतालका सरहरु र काठमाण्डौँबाट आएर हामीलाई अप्रेसन गर्नुहुने सबैलाई म नमस्कार भन्छु, खै म बुढो मान्छेले अरु त के नै दिन सक्छु र ।’

फाप्लुमा भएको शल्यक्रिया शिविरमा तिलगंगा आँखा प्रतिष्ठानकी वरिस्ठ नेत्र विशेषज्ञ डाक्टर रोजिता पराजुलीसहितको टिम खटेका थिए । शल्यक्रियाका लागि जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले बैशाख ३ गतेबाट गाउँ/गाउँमा सञ्चालन गरेको शिविर मार्फत मोतिविन्दुका विरामीहरु शल्यक्रियाका लािग छनौट गरेका थिए ।

13 2

जिल्लाको नुनथला, जुभिङ, काँकु भेडाचौर, वाकु, पावौ, छेस्काम, गुदेल, लोखिम, काँगेल, केरुङ, गोरा र नेचामा गरिएको आँखा शिविरमा १५ सय ८२ जनाले निःशुल्क आँखा जाँच गराएका थिए । जसमा ९०८ महिला र ६७४ जना पुरुष रहेको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख विधान ताम्राकारले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै