spot_img

फाप्लु अस्पतालका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार, आकस्मिक बाहेक सबै सेवा ठप्प

spot_img

असोज १६, सोलुखुम्बु । सोलुखुम्बुको जिल्ल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि अस्पताल मै दुर्व्यवहार भएको छ । अस्पतालमा उपचारका लागि आएका एक बिरामीले उपचार कै क्रममा सोमबार डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपातको प्रयास गरेको जनाइएको छ ।

Advertisement

अस्पताल प्रमुख डा. प्रशान्त शाहका अनुसार सोमबार दिउँसो करिब ४:३० बजे उपचारका लागि भन्दै मादक पदार्थ सेवन गरेर अस्पताल प्रवेश गरेका एक व्यक्तिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपात गर्दै अस्पतालमा समेत तोडफोडको प्रयास गरेका थिए ।

Advertisement

मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण दुर्घटनामा परी उपचारका लागि आएका ती व्यक्तिले उपचारमा सङ्लग्न स्वास्थ्यकर्मीहरु माथि अपशब्द प्रयोग गर्दै जाइ लागेको अस्पतालले जनाएको छ ।

Advertisement

उनलाई सामान्य उपचार पश्चात् प्रहरीको जिम्मा लगाएको अस्पताल प्रमुख डा. शाहले बताए । घटनाको जिल्ला अस्पतालले भत्सर्ना गरेको छ । सोमबार राती एक विज्ञप्ति जारी गर्दै आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्दको घोषणा गरेको छ ।

FB IMG 1696298846201

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऎन २०६६ पहिलो संसोधन ऎन २०७९ बमोजिम दोषीलाई कारबाहीको माग गर्दै दोषी कानुनी दायरामा नआए सम्म अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने विज्ञप्तिमा उल्लेख छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै