spot_img

सोलुमा रुघाखोकी र निमोनियाको विरामी बढ्यो

spot_img

जेठ १२, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा मौसमी रुघाखोकी र निमोनियाको विरामी बढ्न थालेको छ । मौसममा आएको परिवर्तनका कारण केहिदिन यता रुघाखोकी, ज्वरोक र निमोनिय जस्ता स्वास्थ्य समस्याका विरामीको संख्या बढेको अस्पतालहरुले जनाएको छ ।

Advertisement

जिल्ला अस्पताल फाप्लुको ओपिडीमा आउने विरामीको करिब ५० प्रतिशत रुघाखोकी तथा ज्वरोका विरामी रहेको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताइन् । उनका अनुसार ओपिडीमा दैनिक करिब ८०/९० जना विरामी आउने गरेकोमा ४०/५० जना रुघाखोकीको हुने गरेका छन् ।

Advertisement

कतिपय जटिल अवस्थामा पुगेका बालबालिकाहरु भर्ना नै गरेर उपचार गराईरहेको अस्पतालले जनाएको छ । यता, दुधकाशी सामुदायिक अस्पताल मुक्लीमा पनि रुघाखोकी, ज्वरो र निमोयिका बिरामीको संख्या ह्वात्तै बढेको छ ।

Advertisement

हाल निमोनियाका विरामीले अस्पतालको ६ वटै वार्ड भरिएको अस्पताल प्रमुख अस्मिता बिष्टले बताइन् । अस्पतालमा रुघाखोकी तथा निमोनियाको समस्या लिएर आउने अधिकांश विरामी बालबालिका रहेको प्रमुख विष्टले बताइन् ।

मौसम परिवर्तनको समय भएकाले पानीलाई उमालेर मात्रै पिउन, बासी खानेकुराको प्रयोग नगर्न तथा सरसफाईमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव लिएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै