spot_img

फाप्लुमा सकियो आँखा शिविर, ६९ जनाले गराए मोतिविन्दुको अप्रेसन

spot_img

असोज २९, सोलुखुम्बु । सोलुखुम्बुको फाप्लुमा सम्पन्न २ दिने मोतिविन्दु शल्यकृया शिविरमा ६९ जनाको आँखा अप्रेसन गरिएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुले आईतबार र सोमबार आयोजना गरेको मोतिविन्द शल्यकृया शिविरमा ६९ जनाले आँखा अप्रेसन गराएका हुन् ।

Advertisement

आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईका अनुसार पहिलो दिन आईतबार ४१ जनाको र सोमबार २८ जनाको आँखा अप्रेसन गरिएको हो । जिल्ला सामुदायिक आँखा केन्द्रले जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका बाहेक ७ स्थानीय तहमा सञ्चालनन गरेको मोतिविन्दु छनौट शिविर मार्फत ११६ जना मोतिविन्दुका बिरामीहरु छनौट भएका थिए ।

Advertisement

उनीहरुलाई तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौका नेत्र विशेषज्ञहरुको उपस्थितीमा फाप्लुमा सशुल्क अप्रेसन सेवा प्रदान गरिएको हो । तर ३४ महिला र ३५ जना पुरुष गरी ६९ जनाले मात्रै फाप्लु आएर आँखा अप्रेसन गराएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ ।

Advertisement

आँखा केन्द्रले जिल्लाको विभिन्न पालिका क्षेत्रमा निशुल्क छनौट शिविर आयोजना गरी मोतिविन्दुका बिरामी छानेका थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै