spot_img

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनका हलेसी तुवाचुङले थाल्यो प्रक्रिया

spot_img

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनका लागि प्रक्रिया सुरु गरेको छ । नगरपालिकाका मेयर विमला राईको अध्यक्षतमा बसेको नगर शिक्षा समितिको बैठकले जेठ २० गते १२ वटा सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडाध्यक्षसँग अन्तरक्रिया गरि सोही अनुसार प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

Advertisement

त्यस्तै, नगरपालिका भित्रको विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय संख्या कम भएका, दरबन्दी संख्या कम भएका तथा नजिकमा अन्य विद्यालयको सहज पहूँच भएका विद्यालयहरुलाई अस्थायी रुपमा समायोजन गर्नका लागि स्थलगत अध्ययन प्रतिवेदन तयार पारी शिक्षा समिति पेश गर्न कार्यदल गठन गरिएको छ । जसको संयोजकमा रुद्रकुमार राइलाई तोकिएको छ । उनि सामाजिक बिकास समितिको संयोजक पनि हुन् ।

Advertisement

शिक्षा समितिले शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षा शाखा र विद्यालयका प्रधानाध्यापक बिच कार्यसम्पादन करार सम्झौता गर्ने निर्णय गरिएको मेयर राईले जानकारी दिईन् । सबै सामुदायिक विद्यालयहरुमा आर्थिक वर्ष २०७९–८० देखि मासिक रुपमा विद्यालयका शिक्षक तथा विद्यालयका कर्मचारीको तलब भत्ता निकासा दिने पनि निर्णय गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै