spot_img

लामखुट्टे हिमालतर्फ उक्लियो, सोलुमा २९ जनालाई डेंगी पुष्टि

spot_img

असोज १५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा दुई दर्जन बढीलाई डेंगी संक्रमण पुष्टि भएको छ । जिल्लाको ५ वटा पालिकामा गरी हाल सम्ममा २९ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । संक्रमित मध्ये सबै भन्दा बढी सोलुदुधकुण्ड नगरपालिकाका ४० जना रहेका छन् ।

Advertisement

यस्तै सोताङ गाउँपालिकाका ५ जना, थुलदुङ दुधकोशी गाउँपालिकाका २ जना, नेचासल्यान गाउँपलिकाका १ जना र माप्यदुधकोशी गाउँपालिकाका १ जना रहेको जनस्वास्थ्य निरीक्षक सौजनबाबु सिग्देलले जानकारी दिए । जसमा १७ जना पुरुष र १२ जना महिला रहेका छन् । संक्रमित मध्ये ८ वर्षका बालक समेत रहेको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

संक्रमित मध्ये धेरैजसोको जिल्लामै उपचार पश्चात निको भएका छन् भने केहीलाई अन्यत्र रेफर गरिएको जनाइएको छ । डेंगी संक्रमण सार्ने प्रजातिको लामखुट्टेले यतिबेला हिमाली जिल्लामा पनि सताउन थालेको छ । साउनदेखि कात्तिकसम्म डेंगी संक्रमण हुने विज्ञहरुले बताएका छन् ।

Advertisement

विज्ञहरूका अनुसार एइडिस एजिप्टी र एइडिस एल्बोपिक्टस प्रजातिका लामुखुट्टेको टोकाइबाट डेंगी संक्रमण हुने गर्दछ । विगतमा तराई तथा भित्रि मधेशका जिल्लाहरुमा मात्रै पाईने उक्त लामखुट्टे पछिल्लो समय हिमाली तथा पहाडी जिल्लाहरुमा पनि पाईन थालेको सर्वसाधरणले बताएका छन् ।

जलवायु परिवर्तनको असर, मान्छेको बढ्दो ओहोरदोहोरलगायत कारणले लामुखुट्टे तराईबाट हिमाली र पहाडी जिल्लामा पुगेको जानकारहरु बताउँछन् । डेंगी भए ज्वरो आउने, टाउको, जोर्नी, ढाड, आखाँका गेडी, पिडौलाको मासु बेस्सरी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, छालामा बिबिरा देखिने जस्ता लक्षण देखिन्छन् ।

यो रोगले च्यापेपछि गिजा, नाक र पिसाबमा रगत देखिने, जिउ दुख्ने, बारम्बार वान्ता हुने, सास फेर्नसमेत गाह्रो हुने चिकित्सक बताउँछन्। आफूखुशी जथाभावी औषधि सेवन गरे ज्यानसमेत जान सक्ने भएकाल लक्षण देखिनासाथ चिकित्सकको सम्पर्कमा पुग्नुपर्ने विज्ञको सुझाव छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै