spot_img

जिल्ला अस्पताल फाप्लु अस्पतालको सेवा सुचारु, शेर्पा विरुद्ध मुद्धा चल्यो

spot_img

असोज १७, सोलुखुम्बु । स्वास्थ्यकर्मी माथि दुव्र्यवहार भएको भन्दै ठप्प पारिएको सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुको सेवा सुचारु भएको छ । गत सोमबार उपचारमा आएका सोलुदुधकुण्ड नगरपालिका ५ का पेम्बा शेर्पाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि दुव्र्यवहार गरेको भन्दै ठप्प पारिएको ओपीडीसहितको स्वास्थ्य सेवा मंगलबार बेलुकाबाट सुचारु भएको हो ।

Advertisement

शेर्पा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्धा दायर भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएर नियमित स्वास्थ्य सेवामा फर्किएको अस्पतालका निमित्त प्रमुख डा. प्रशान्त शाहले बताए । डा. शाहका अनुसार सोमवार दिउँसो मदिरा सेवन गरेर उपचारमा आएका शेर्पाले अस्पताल प्रवेश गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपात गर्दै अस्पतालमा समेत तोडफोडको प्रयास गरेका थिए ।

Advertisement

मदिरा सेवन गरेर सवारी चलाएका कारण दुर्घटनामा परि उपचारका लागि आएका शेर्पा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु माथि अपशब्द प्रयोग गर्दै जाइ लागेको अस्पतालले जनाएको छ । त्यसलगत्तै अस्पतालले विज्ञप्ति जारी गर्दै दोषी उपकर कानुनी कारबाहीको माग गरेर आकस्मिक बाहेक अस्पतालको सबै स्वास्थ्य सेवा ठप्प पारेका थिए ।

Advertisement

मंगलबार आरोपित शेर्पा विरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ पहिलो संसोधन ऐन २०७९ बमोजिम मुद्धा दायर भएपनि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर काममा फर्किएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आफुहरुको आन्दोलनका कारण सेवाग्राहीमा पर्न गएको असुविधा प्रति अस्पताल प्रशासनले क्षमा याचना गरेको छ ।

शेर्पा हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । आरोपित शेर्पाले आफु दुर्घटनामा परेर पिडाको आवस्थामा रहेकाले स्वास्थ्यकर्मी माथि आक्रमण गरेको नभई ठुलो स्वरले बोलेको भन्दै माफी मागेका छन् ।

सम्बन्धित समाचार-

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै