spot_img

उपराष्ट्रपति पुनले युवालाई भने, ‘नेपालीले विश्व किर्तिमानी राख्नु निकै गौरवको कुरा हो ।’

spot_img

विश्वकै अग्लो स्थान ५०२० मिटर उचाईमा भिडियो छायाँकन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गर्न सफल नेपाली यूवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

Advertisement

उपराष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले विश्व किर्तिमानी नेपाली यूवाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

Advertisement

टेक बहादुर राई (गायक), माया गुरुङ (गायिका), बुद्धिराज राई (गीतकार तथा निर्देशक), सृजना किराँती (मोडल) र शिखर जंग श्रेष्ठ (मोडल)लाई रेकर्ड होल्डरको प्रमाणपत्र र धन कुमार राई (संगीतकार), राजु कार्की (एरेञ्जर), गंगाराम राई (सिनेमाटोग्राफर), शिवराज जोशी र डम्बर सिंह राईलाई (बाद्यबादक)तर्फ सहभागीताको प्रमाणपत्र प्रदान गरिएको हो । गीतमा पुर्ण राईले गितार र टेक बहादुर राईले किबोर्डमा भूमिका निर्वाह गरेका छन् ।

Advertisement
IMG 2684 scaled

सोलुखुम्बुको खारे (मेरापिक जाने बाटो)स्थित ५०२० मिटरको उचाईमा ‘सुन्दर हिमाल’बोलको गीतको छायाँकन गरेर गिनिज बुकमा ‘द हाईयष्ट म्यूजिक भिडियो अन ल्याण्ड’विधामा रेकर्ड राखिएको हो । सोही स्थानमै गीतको लाइभ रेकर्डिङ समेत गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति पुनले किर्तिमानीहरुलाई बधाई ज्ञापन गर्दै आगामी सफलताको शुभकामना व्यक्त गरे । उनले भने, ‘नेपालीले विश्व किर्तिमानी राख्नु निकै खुसीको कुरा हो । आगामी दिनमा पनि यस्तै सफलता मिल्दै जाउन् । मेरो शुभकामना छ ।’

IMG 2661 scaled

विश्व किर्तिमानी समाजको आयोजनामा भएको प्रमाणपत्र हस्तान्तरण तथा बधाई ज्ञापन कार्यक्रममा समाजका अध्यक्ष सन्च बहादुर राई, किराँत कोयी÷कोयु राई सोदेलकिमका केन्द्रीय उपाध्यक्ष गीतादेवी राई लगायतको उपस्थिती रहेको थियो ।

IMG 2664 scaled
IMG 2657 scaled
IMG 2653 scaled
IMG 2650 scaled
IMG 2679 scaled
IMG 2676 scaled
IMG 2672 scaled
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै