spot_img

मोतिविन्दुको निशुल्क शल्यक्रिया शिविरको तयारी पुरा

spot_img

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा बैशाख ८ र ९ गते संचालन हुने मोतिविन्दुको निशुल्क शल्यक्रिया आँखा शिविरको सम्पूर्ण तयारी पुरा भएको छ ।

Advertisement

तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौँ, सोलुदुधकुण्ड नगरपालिका, हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बु, नेपाल रेडक्रस सोसाइटी, सोलुखुम्बु र जिल्ला सामुदायिक आँखा केन्द्रको संयुक्त आयोजनामा हुने शल्यक्रिया शिविरमा कम्तीमा जिल्ला भित्रका ६५ मोतिविन्दुका विरामीको निशुल्क उपचार गरिन्छ ।

Advertisement

जिल्लाको विभिन्न १० स्थानमा संचालित आँखा शिविरबाट ६५ जना मोतिविन्दुका विरामी शल्यक्रियाका लागि छनौट गरिएको छ भने शिविरमा १४९४ जनाको आँखाको परीक्षण गरिएको थियो । शिविरका लागि तिलगंगा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ डा. सृजना अधिकारीको टोली सल्लेरी आईपुगेको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिए ।

Advertisement

विरामीलाई बास र खानाको व्यवस्था आफैँ गर्ने गरि निशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै