२०७९ भदौ १६  
spot_img
spot_img

नेपालले ओमानलाई सात विकेटले हरायाे

spot_img

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिदेशीय श्रृंखलामा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको छ ।

मंगलबार राति टेक्सस स्थित मोसा क्रिकेट मैदानमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र तीन विकेट गुमाएर पूरा गर्याे । 

नेपालको जितमा ओपनर द्वय आसिफ शेख र कुशल भुर्तेलले ११४ रनको पार्टनरसिप खेले । आसिफले ६२ रन बनाए  भने कुशल ५६ रनको योगदान गरे । 

यस्तै, देव खनाल १०, रोहित पौडेल २६, रन बनाएर आउट भए । ओमानका फायज बुटले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा सवै विकेट गुमाउँदै १६३ रनको लक्ष्य नेपाललाई प्रस्तुत गरेको थियो । ।

ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ५२ रन बनाए । यस्तै, सन्दीप गौडले ४७ रनको योगदान गरे । ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ र कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । 

जितसँगै नेपालले १५ खेलमा १५ अंक जोडेर पाँचौ स्थानमा छ । ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।
 

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img

भर्खरै