spot_img
spot_img

११ महिनामा भित्रिए साढे पाँच लाख पर्यटक

spot_img

सन् २०२२ को ११ महिनामा झन्डै साढे पाँच लाख पर्यटक नेपाल भ्रमणमा आएका छन्। 

पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्म पाँच लाख ४६ हजार २१३ पर्यटक भित्रिएका हुन्।

बोर्डकाअनुसार नोभेम्बरमा मात्र ७२ हजार ६५३ जना पर्यटक भित्रिएका छन्। नोभेम्बरमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्।

तथ्यांकअनुसार भारतबाट २० हजार ५३२ जना पर्यटक नेपाल भित्रिएका हुन्।

त्यस्तै अमेरिकाबाट सात हजार ८३१, बेलायतबाट पाँच हजार १६५, अष्ट्रेलियाबाट तीन हजार ३७५, बंगलादेशबाट दुइ हजार २१८, क्यानडाबाट एक हजार १८४ र चीनबाट एक हजार ३८ जना पर्यटक भित्रिएका छन्। 

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै