spot_img

सोलुमा अन्तराष्ट्रिय साइकल दौड प्रतियोगिता, मगर र श्रेष्ठलाई उपाधि

spot_img

बैशाख २६, सोलुखुम्बु । सोलुखुम्बुमा सम्पन्न अन्तराष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ राजेश मगर र महिला तर्फ निश्मा श्रेष्ठले जितेका छन ।

Advertisement

आइतबार फाप्लुमा सम्पन्न इन्डुरो रात्नागे अन्तराष्ट्रिय साइकल दौड प्रतियोगितामा मगरले निर्धारित १३ किलोमिटर दुरी २७ मिनेट २९ सेकेन्डमा पार गर्दै प्रथम स्थान हासिल हरेका हुन ।

Advertisement

सोही दुरी ब्रिटिसका कृष्टोफर किलिङले २९ मिनेट ३७ सेकेन्डमा पार गर्दै द्वितीय र फ्रेन्च नागरिक टांगि रेवोर्सले ४२ मिनेट ५० सेकेन्डमा पुरा गर्दै तृतीय स्थान हासिल गरेका छन । महिलातर्फ सोही दुरी निश्मा श्रेष्ठले ५२ मिनेटमा पुरा गर्दै प्रथम स्थान हासिल गरिन् ।

Advertisement

यस्तै लक्ष्मी मगरले ५८ मिनेट ५९ सेकेन्डमा र उषा खनालले १ घण्टा १ मिनेट २६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै क्रमशः द्वितीय र तृतीय भइन् । प्रतियोगितामा बिजेता पुरुष र महिला सहभागिले क्रमशः नगद ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै