spot_img

सोलु प्रहरीले गर्‍यो सगरमाथा बेस क्याम्प पुगेर पर्यटकसँग अन्तरक्रिया

spot_img


वैशाख ३, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको अधार शिविर(बेस क्याम्प) पुगेर पर्यटकहरुसँग अन्तरक्रिया गरेको छ । प्रहरी नायब उपरीक्षक(डिएसपी) द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा खटिएका प्रहरी गस्ती टोलीले आज सोमबार बेस क्याम्प पुगेर शान्ती सुरक्षाका बारेमा पर्यटकहरुसँग सचेतनामुलक अन्तरक्रिया गरेका हुन् ।

Advertisement

जिल्ला प्रहरी प्रमुख घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालसहित बेस क्याम्प पुगेका टोलीले सुरक्षामा कुनै कमी भए जानकारी गराउन पर्यटकहरुलाई आग्रह गरेका थिए । पाँच हजार ३६४ मिटर उचाइमा अवस्थित आधार शिविर(बेस क्याम्प) यति खेर पर्यटकहरुले भरिभराउ बनेको छ ।

Advertisement

जसलाई मध्येनजर गर्दै आधार शिविरमा गस्ती गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । प्रनाउ घिमिरेको कमाण्डमा अस्थाई प्रहरी चौकी दिङ्बोचे सोलुखुम्बुका प्रहरीहरु समेत सो क्षेत्रमा परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए ।

Advertisement

सगरमाथा क्षेत्रको चार हजार ४१० मिटरको उचाइमा अवस्थित दिङबुचे भन्दा माथि प्रहरी चौकी छैन । जस कारण पर्यटकहरुले असुरक्षाको महसुस नगरोस भन्ने हेतुले गस्ती टोली परिचालन गरिएको उहाँको भनाइ छ । आरोहण सिजन सुरु भएकाले सगरमाथा क्षेत्रमा विदेशी तथा स्वदेश पर्यटकको चाप अघिक देखिएको प्रनाउ घिमिरेले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै