spot_img
spot_img

‘मुन्दुम ट्रेल रेस’को उपाधि सोलुका राईलाई

spot_img

सोलुखुम्बु । सोलुखुम्बुका अर्जुन राई र सिन्धुपाल्चोककी नितु तामाङले ‘५ औं मुन्दुम ट्रेल रेस’ को उपाधि जितेका छन् । सरकारको उत्कृष्ट १०० गन्तव्यसूचीमा रहेको मुन्दुम ट्रेललाई विदेशी र स्वदेशी पर्यटकमाझ प्रवर्द्धन गर्न आयोजना गरिएको ट्रेल रेसमा पूर्वका इलाम, पाँचथरदेखि पश्चिम जाजरकोटसम्मका १३ जिल्लाका १६ वर्ष देखि ७५ वर्षसम्मका धावकहरु सहभागी थिए ।

५५ किमी लामो दूरी रहेको दौड भोजपुरको बागखोर (२६२२ मि) बाट सुरू भएर चप्लेटी, ओख्लीढुङ्गा, एकराते, मैयुङ, नागीखर्क, जलजले, धोद्रे, चखेवा, ३१०० मिटरको टेम्के डाँडा हुँदै खोटाङको तावाभञ्ज्याङ (१८०० मिटर) मा पुगेर टुंगिएको थियो ।

महिला, पुरूष र भेटरान्स महिला–पुरूष तर्फ छुट्टाछुट्टै विजेता घोषणा गरिएको थियो । महिला तर्फ सिन्धुपाल्चोककी नितु तामाङले निर्धारित दूरी ६ घन्टा २२ मिनेट १० सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् ।

दोस्रो भएकी रामप्रसाद गाउँपालिका भोजपुरकी जुलिन राईले निर्धारित दूरी ६ घन्टा २६ मिनेट ५६ सेकेन्डमा पूरा गरिन् । यस्तै संखुवासभाकी सुनकला राईले निर्धारित दूरी ६ घन्टा ५१ मिनेट २८ सेकेन्डमा पूरा गर्दै तेस्रो भइन् । यस्तै पुरुषतर्फको उपाधि सोलुखुम्बुका अर्जुन राईले जिते ।

उनले निर्धारित दूरी ४ घन्टा ३५ मिनेट ५६ सेकेन्डमा पूरा गरे। दोस्रो भएका भोजपुरका उमेश राईले निर्धारित दूरी ४ घन्टा ३८ मिनेट १० सेकेन्डमा पूरा गरे । तेस्रो भएका गोरखाका अशोक बमले निर्धारित दूरी ४ घन्टा ४८ मिनेट ६ सेकेन्डमा पूरा गरे ।

पुरूष तर्फको ट्रेल रेस विजेतालाई नगद ३५ हजार रूपैयाँ, दोस्रोलाई २५ हजार रूपैयाँ, तेस्रोलाई १५ हजार, चौथोलाई ५ हजार र पाँचौलाई ५ हजार रूपैयाँ पुरस्कार राशि र प्रमाणपत्र दिएको छ भने महिला बिजेतालाई पनि पुरुष सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img

भर्खरै