spot_img

अल्ट्रा फुल म्याराथनको उपाधि सोलुका कुलुङलाई

spot_img

सोलुखुम्बु । ओखलढुंगामा सम्पन्न चौथो खिजीदेम्बा अल्ट्रा फुल म्याराथन दौड प्रतियोगीता पुरुषतर्फको उपाधि सोलखुम्बुका सुमन कुलुङले हात पारेका छन् ।

Advertisement

बिहिवार भएको प्रतियोगितामा उनले निर्धारित ४२ किलोमिटर दुरी ३ घण्टा ४९ मिनेटमा पार गर्दै पहिलो उपाधि माथि कब्जा जमाएका हुन् । प्रतियोगिता मा भोजपुरका तिर्थ तामाङ दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भए। तामाङले ३ घण्टा ५० मिनेटमा दुरी पुरा गरे ।

Advertisement

तेस्रो स्थान सोलुखुम्बुका अर्जुन कुलुङले ओगटेका छन् । उनले ३ घण्टा ५५ मिनेटमा पार गरेका छन् । बैतडीका मोहनदेव जोशी चौथो भएका छन् । उनी ४ घण्टा १८ मिनेटमा आईपुगेका हुन् ।

Advertisement

विहान ७ बजेबाट खिजिदेम्बा गाउँपालिका ५ खिजिफलाटे बजारबाट सुरु भएको प्रतियोगिता चुप्लुङ भञ्ज्याङ, थोलेदेम्बा, ताक्लुङ, लामुजे, बुलबुले, फाक्से, खुन्दुर्के, दोराखार्क, ताउर, चुप्लुङ भञ्ज्याङ, दोब्रे भञ्ज्याङ हुँदै खिजिफलाटे बजार आएर सकिएको हो ।

ओखलढुंगा टुरिजम डेभलोपमेन्ट कमिटीको आयोजना तथा खिजिदेम्बा गाउँपालिकाको सह–आयोजनामा भएको प्रतियोगीतामा पुरुषतर्फ ४० जना धावकहरु सहभागाी थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै