spot_img

सकियो चौथो नेचासल्यान गोल्डकप, उपाधि प्रकृति मारुनी क्लबलाई

spot_img

बैशाख २५, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यानमा जारी चौथो नेचासल्यान गोल्डकपको उपाधि प्रकृति मारुनी क्लब सल्यानले जितेको छ । आज सोमबार भएको फाईनल खेलमा गेटस मनि चर्ज नेचाबतासेलाई ३–१ ले पराजित गर्दै प्रकृति मारुनी क्लवले उपाधि जितेको हो ।

Advertisement

प्रतियोगितमा साझा कल्याण कोष नेचा र रिप्जुङ एकता समाज खोटाङ सान्त्वना भएका छन् । गोल्डकप बिजेताले २ लाख ६६ हजार ६६६ रुपैयाँ, उपविजेताले १ लाख ६६ हजार ६६६ र सान्त्वना हुने दुुई टिमले प्रति टिम नगद ६६ हजार ६६६ रुपैयाको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक नर बहादुर राईले जानकारी दिए ।

Advertisement

नेचासल्यान गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ लाहुुरेचौरमा ४ दिन सम्म सञ्चालन भएको खेलमा सोलुखुम्बु र खोटाङका गरी १२ टिमको सहभागिता रहेको गाउँ खेलकुद विकास समिति सल्हाकार समिति संयोजक राजन कुमार बास्तोलाले जानकारी दिए ।

Advertisement

प्रतियोगितामा प्रकृति मारुनी युवा क्लब नेचासल्यान २ का सुजन माझी उत्कृष्ट खेलाडी र गेटसमणी चर्ज नेचासल्यान ५ का गोपाल लिम्बु उत्कृष्ट डिफेन्डर घोषित भए । यस्तै रिप्जुङ एकता समाज खोटाङका उत्तम शाही सर्वाधिक गोलकर्ता र साझा कल्यान कोष नेचासल्यान ५ का दिवश राई उत्कृष्ट गोल रक्षक घोषित भएका छन् ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष धनजन राईले नेचासल्यानलाई खेलकुदको माध्यमबाट पनि विश्व माझ चिनाउन स्थानी तह लागि परेको दाबी गरेका छन् । खेल क्षेत्रको विकासका लागि आफुहरु लागि परेकाले उच्च मनबोलका साथ अघि बढ्न उनले खेलाडीहरुलाई निर्देशन दिए ।

यस्तै गाउँपालिका उपाध्यक्ष विना राईले कमी कम्जोरीलाई आत्मसाथ गर्दै अघि बढ्न खेलाडीहरुलाई आग्रह गरिन् । स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्ने नारा नै रहेकाले नेचासल्यानमा खेलाडीको उत्पादन र विकासमा आफुहरु अग्रसर रहेको बताइन् ।

स्थान ओगट्न सफल प्रतियोगिहरुलाई गाउँपालिका तथा वडाका जनप्रतिनिधिहरु, कर्मचारी, स्थानीयको उपस्थितीमा पुरस्कार वितरण गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै