spot_img

सगरमाथा क्षेत्रमा चोरी सिकारी गरेको आरोपमा ४ जना विरुद्ध मुद्धा

spot_img

साउन ४, सोलुखुम्बु । सगरमाथा राट्रिष्य निकुञ्ज नाम्चे सोलुखुम्बु क्षेत्रमा चोरी सिकारी गरेको आरोपमा ४ जना विरुद्ध मुद्धा चलेको छ । आर्थिक बर्ष २०७९/८० मा चोरी सिकारीमा संलग्न भएको आरोपमा सोलुखुम्बु र नुवाकोटका २/२ जनालाई पक्राउ गरी उनीहरु विरुद्ध मुद्धा चलाइएको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

Advertisement

सुचना अधिकारी मनोज मण्डलका अनुसार वन्यजन्तु सिकार गर्ने उदेश्यका साथ हात हतियार तथा पासोसहित निकुञ्ज प्रवेश गरेका सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका सन्तोष तामाङ र गोरे तामाङ तथा नुवाकोटका दावा घले र माया तामाङलाई पक्राउ गरी मुद्धा दायर गरिएको हो ।

Advertisement

तामाङद्वय गत माघ ७ गते शेर्पा सामुदायिक वन क्षेत्रबाट गुलेली र पासोसहित पक्राउ परेका थिए । यस्तै घले र तामाङलाई गत जेठ २ गते खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ गुरुङखर्क क्षेत्रमा लुकिछिपी सिकार गर्दै गर्दा खुकुरी र खुर्पा एक/एक थान र चरा मार्न प्रयोग गरिने पासो ४५ थानसहित निकुञ्जको गस्ती टोलीले पक्राउ गरेको सुचना अधिकारी मण्डलले बताए ।

Advertisement

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै