spot_img

जलवायु परिवर्तनका असर खोज्दै विज्ञसहितको टोली स्याङ्बोचेमा

spot_img

स्याङबोचे २० फागुन – सोलुखुम्बुको स्याङबोचेमा जलवायु परिर्वतन र त्यसले स्थानीयमा पारेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रका महिला, बालबालिकासहितको जनजिवनमा पारेको प्रभावबारे विज्ञसहितको टोलीले आज आइतवार प्रत्यक्ष अन्तरसंवाद गरेका हुन् । जलवायु न्यायका लागि विश्व समुदायको ध्यानार्कषण गराउन विभिन्न क्षेत्रका अगुवा महिलाहरु सहितको टोली सगरमाथाको कालापत्थर जाने क्रममा तीन हजार आठ सय ८१ मिटरको उचाइमा अवस्थित स्याङबोचेमा विशेष अन्तरसंवाद कार्यक्रम भएको हो ।

Advertisement

खुम्बु पासाङ ल्हामू गाउँपालिकासँगको सहकार्यमा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेसनद्वारा आयोजित कार्यक्रमका सहमभागीहरुले जलवायु न्यायका लागि सरकारले ठोस कार्यक्रम अघि सार्दै कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका छन् । साथसाथैका अध्यक्ष प्रजिता कार्कीले लुक्ला हुँदै सगरमाथा क्षेत्रमा जारी पदयात्राबाट जलवायु परिर्वतनका गम्भीर असरहरु देखिएको र त्यसमा महिला समुदाय बढी पीडित देखिएको औल्याउनुभयो । उहाँले भन्नुभयो, “विश्वले चिन्ने यहाँका हिमालहरु काला हुँदै गएको हाम्रै आँखा अघि झर्लङ्ग देख्यौँ, पानीको मुहानहरु क्रमश सुक्दै गएका रहेछन्, कृषि उब्जनीमा व्यापक कमी देखियो । त्यसले महिला र बालबालिकाको जनजीवनलाई कष्टकर बनाएको छ । ”

Advertisement

अध्यक्ष कार्कीले यतिबेला प्रकृतिलाई समेत न्याय चाहिएको र त्यसका लागि जनवायु परिवर्तनका असर न्यूनिकरण गर्न अन्तराष्ट्रिय समुदाय बिच हातेमालो गर्दै सरकारले काम गर्नुपर्ने सुझाव दिनुभयो । यही विषयलाई गम्भीरताका साथ उठाउन यही मार्च ८ तारिखका दिन नारी दिवसको अवसरमा साथसाथैको टोली कालापत्थर यात्रामा निस्किएको समेत उहाँले जानकारी दिनुभयो ।

Advertisement

कार्यक्रममा मधेश आयोगकी सदस्य रेणुदेवी शाह, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मिलन देवकोटा, काठमाण्डौँ विश्व विद्यालयका प्राध्यापक डा.विराजसिंह थापा, नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीसहितले स्थानीयमा परेको जलवायु परिवर्तनको असर र त्यसको उचित समाधानका लागि आगामी दिनमा चाल्नुपर्ने विभिन्न सुझाव राखेका थिए । टोलीलाई खुम्बु पासाङ ल्हामू गाउँ कार्यपालिका सदस्य ङिमा याङजी शेर्पा, खुम्जुङ महिला समुहकी उपाध्यक्ष ल्हाक्पा डोमा शेर्पासहितका स्थानीय महिला अगुवाहरुले जलवायु परिर्तनका कारण आफुहरुले भोग्नुपरेको समस्या सुनाएका थिए ।

कार्यक्रममा जिल्ला न्यायधिस अवानी मैनाली भट्टराई, शिक्षाविद् दुर्गा भट्टराई, मिस नेपाल शृच्छा प्रधान, गैरआवसीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधान राई, नेपाल एयरलाइन्सका विमानचालक लिभरटी भण्डारी लगायतका व्यक्तिहरुले पदयात्राको क्रममा हिमाली भेगमा देखिएको जलवायु परिवर्तनका असरबारे अनुभव सुनाएका थिए । नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सि एसोशियुन अफ नेपाल¬(टान), नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण, ट्रष्ट माइक्रो इन्स्युरेन्ससहितको सहकार्यमा भएको कालापत्थर पदयात्रा मार्च ८ तारिखमा टुङ्गिने आयोजक संस्थाका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।


केही महिना अघि मात्रै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस जलवायु परिवर्तनको असर प्रत्यक्ष अवलोकलन गर्न भन्दै स्याङ्बा्चेमा आएका थिए । आजको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले उक्त भ्रमणका उपलब्धी र सगरमाथा क्षेत्रको संरक्षण गर्न तिनै तहका सरकारले उचित ध्यान पुर्याउन जोड दिएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै