spot_img

प्राविधिक शिक्षा अध्यनरत विद्यार्थीलाई हलेसी सरकारले दियो जनही एक लाख छात्रवृत्ति 

spot_img

वैशाख ६, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकाले प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई जनही एक लाख छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार नगरपालिका भित्रका २ जना प्राविधिक शिक्षा अध्ययनरत विद्यर्थाीलाई जनही एक लाख छात्रवृत्ति प्रदान गरेको हो । 

Advertisement

स्नातक तहमा प्राविधिक शिक्षा अध्ययनरत गरिरहेका नगरपालिका भित्रका विद्यार्थीले छात्रवृत्तिका लागि निवेदन पेश गर्न नगरपालिकाले गत फागुन ६ गते सूचना प्रकाशन गरेको थियो । उक्त सूचनाका आधारमा दुई जनाको निवेदन आएको थियो ।

Advertisement

निवेदन आएका दुवै जनालाई बिहिबार मेयर विमला राई, उपमेयर रमेश कुमार राउत, प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठीले  छात्रवृत्ति रकमको चेक हस्तान्त्रण गरिन् ।

Advertisement

छात्रवृत्ति पाउनेमा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका विकेश सिलवाल र वडा नम्बर ६ मंगलटारका हेमन राई रहेका छन् । सिलवाल एभरेष्ट इन्जिनियरिङ कलेज ललितपुर र राई कान्तिपुर इन्र्टरनेश्नल कलेज काठमाडौंमा अध्ययनरत विद्यार्थी हुन् ।

सिलवाल आफै उपस्थित भएर नगरपालिकाबाट छात्रवृत्ति बुझेका छन् भने राईका परिवारले बुझेको विमला राईले बताइन् । प्राविधिक उच्च शिक्षा अध्ययन गर्ने शुनिश्चित भएको कलेजले प्रमाणित गरेकाहरुलाई नगरपालिकाले छात्रवृत्ति दिएको मेयर राईले बताइन् ।

‘नगरपालिकाले कार्यविधि निर्माण गरेको छ, सोही अनुसार सूचना प्रकाशित गरेपछि आएका निवेदन अनुसार २ जनालाई छात्रवृत्ति दिएका छौँ ।’ मेयर राईले भनिन्, ‘प्राविधिक शिक्षा सिपसँग जोडिएकाले सरकारी तथा निजी जागिर खान खास समस्याहुँदैन त्यसैले यस विषय पढ्न प्रोत्साहनस्वरुप हामीले छात्रवृत्ति दिन सुरु गरेका छौँ ।

अन्य विषय भन्दा यो विषय पढ्न अलिक खर्चिलो हुने भएकाले हामीले सहयोग गरेका हौँ ।’ चुनावी घोषणापत्रमा पनि यो विषय उल्लेख गरिएकाले कार्यन्वयन गरिएको मेयर राईले बताइन् ।

आगामी वर्षमा पनि प्राविधिक उच्च शिक्षा अध्ययन गरिरहेका र गर्नेहरुलाई छात्रवृत्ति प्रदान गरिने उनको भनाइ छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै