spot_img

घिरिङ पर्वतीय दौडमा आर्मीका नरेन्द्र रावत प्रथम

spot_img

काठमाण्डौं । तनहुँको घिरिङ गाउँपालिकामा सञ्चालित घिरिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना सम्पन्न प्रथम घिरिङ पर्वतीय दौडमा त्रिभुवन आर्मी क्लबका नरेन्द्र सिंह रावत प्रथम भए । उनले निर्धारित १५ किलोमिटर दुरी ५० मिनेट ४६ सेकेण्डमा पार गरे ।

Advertisement

दौडमा सुवास कार्की द्धितीय भएका छन् । प्रतियोगीतामा राजन मेर्योङवा तृतीय भएका छन् । विजेतालाई ४० हजार, २० हजार र १० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

Advertisement

७४ जना सहभागी खुला दौडका ७ जनालाई सान्त्वना पुरस्कार स्वरुप नगद ३ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको घिरिङ बहुउद्देश्यीय सहकारीका म्यानेजर शितल श्रेष्ठले जानकारी दिए ।

Advertisement

होमलाल श्रेष्ठ, विशाल गुरुङ, सनम गुरुङ, जुनेश खड्का, मोहनदेव जोशी, सरोज शर्मा र देवराज महत सान्त्वना भएका हुन् । उनीहरुलाई निर्धारित दुरी पार गर्ने समयको आधारमा चौथो देखि दशौँ स्थानसम्मका हुन् ।

घिरिङ गाउँपालिका भित्रको दौडमा भने दशरथ आले प्रथम भएका छन् । तिल बहादुर थापा द्धितीय हुँदा विशाल थापा तृतीय भएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै