सोलुखुम्बु – पछिल्लो समयमा आयुर्वेदीक पद्धती मार्फत स्वास्थ्य उपचार गराउनेको संख्या बढ्दै गएको छ ।
आयुर्वेदीक उपचारबारे जानकारी गराउने तथा स्वास्थ्य जाँच गराउने उदेश्यले सोलखुुम्बुको केरुङमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सल्लेरीको आयोजनामा सोलुदुधकुण्ड नगरपालिका ८ स्थित चाँगेस्थान माविमा गरिएको शिविरमा २२७ जनाले सेवा लिएका छन् ।
केन्द्रका निमित्त प्रमुख केशव ढुंगानाका अनुसार शिविरमा सबै भन्दा बढी पेट सम्बन्धिका विरामीहरुले सेवा लिएका छन् । त्यसैगरी बाथ, छाला, श्वासप्रश्वास, मौसमी रुघाखोकी लगायतका विरामीहरुले सेवा लिएका छन् ।