spot_img

दिनेशको निर्णायक गोलमा आर्मीको तेस्रो जित

spot_img

दिनेश हेन्जनको निर्णायक गोलमा त्रिभुवन आर्मी फुटबल क्लबले शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको दिनको तेस्रो खेलमा न्युरोड टिम (एनआरटी) लाई १-० ले पराजित गरेको छ । 

Advertisement

१७औं मिनेटमा दिनेशले गरेको गोलबाट आर्मीले अग्रता लिएको थियो । जगजित श्रेष्ठको क्रसमा दिनेशले ६ यार्ड बक्सको लाइनबाट डाइभिङ हेडर गोल गरेका थिए ।

Advertisement
IMG 9668 1

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको अधिकांश समय आर्मी हाबी रह्यो ।

Advertisement

१६औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार अजित प्रजापतिले रोकेका थिए । 

५५औं मिनेटमा १८ यार्ड बक्सबाहिरबाट दिनेशले गरेको फ्रिकिक प्रहार अजितले सहजै जोगाए । लगत्तै अर्को मिनेटमा दिनेशले अजितलाई समेत बिट गरेको अवस्थामा राइट साइडबाट पेनाल्टी बक्सभित्र आफ्नो साथी भेट्टाउन सकेनन् । 

६२औं मिनेटमा जर्ज प्रिन्सले पेनाल्टी बक्सको लेफ्ट साइडबाट गरेको प्रहार सेकेन्डबारको नजिकैबाट बाहिरियो । ६४औं मिनेटमा जर्ज प्रिन्सले दोस्रो अग्रताको सुनौलो अवसर खेर फाले । भरत खवासको प्रहार अजितबाट रिबाउन्ड आउँदा जर्ज प्रिन्स गरेको प्रहारमा अजित फेरि बाधक बने । 

६६औं मिनेटमा जर्ज प्रिन्सले वान भर्सेस वानको अवस्थामा अजितलाई बिट गर्न सकेनन् ।

७३औं मिनेटमा भरत खवासले १८ राइट साइड पेनाल्टी बक्सबाट गरेको प्रहार अजितले मुस्किलले पन्च गरी फ्याके । 

जितसँगै आठ खेलबाट १४ अंक जोडेको आर्मी चौथो स्थानमा यथावत् छ । आठ खेलबाट १० अंक जोडेको एनआरटी सातौं स्थानमा छ । आइतबार लिगमा एक मात्रै खेल हुनेछ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै