spot_img

इङ्ल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिका ५८ रनले विजयी

spot_img

काठमाण्डाै – इङ्ल्यान्डसँगको दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिका ५८ रनले विजयी भएको छ । कार्डिफमा गएराति भएको खेलमा दक्षिण अफ्रिका विजयी भएसँगै तीन खेलको शृङ्खला एक/एकको बराबरी भएको छ ।

Advertisement

दक्षिण अफ्रिकाले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६  ओभर ४ बलमा १ सय ४९ रनमा अलआउट भयो । इङ्ल्यान्डका जोनी बेयस्ट्रोले ३० रन बनाए । कप्तान जोस बटलरले २९ तथा मोइन अलिले २८ रन जोडे । दक्षिण अफ्रिकाका ताब्रेज साम्सी र एन्डीलेले समान ३/३ विकेट लिए ।

Advertisement

लुङ्गी एनजिडीले २ तथा कागिसो रबडा र केशव महाराजले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोली दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । उसका लागि राइली रुसो तथा रिजा हेन्ड्रिक्सले अर्धशतकीय पारी खेले ।

Advertisement

रुसोले अविजित ९६ रन तथा हेन्ड्रिक्सले ५३ रन बनाए । इङ्ल्यान्डका रिचार्ड ग्लिसन, मोइन अलि र क्रिस जोर्डनले समान १/१ विकेट लिए । पहिलो खेलमा इङ्ल्यान्ड ४१ रनले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा निर्णायक टी–२० खेल आइतवार हुनेछ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै