spot_img

अमेरिकी राजदुत थम्पसन खुम्बुमा, मौसम प्रतिकुलताले नाम्चेमै रोकिए

spot_img

सुबास विश्वकर्मा (दर्नाल) १८ बैशाख, सोलुखुम्बु । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नेपाल र अमेरिका विचको सम्बन्ध थप मजबुत हुने बताएका छन् । सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी नागरिक जिन विथ टेकरले आरोहण गरेको ६० वर्ष पुगेको उपलक्ष्यमा सोलुखुम्बुको नाम्चेमा आयोजित कार्यक्रममा बोल्दै राजदुत थम्पसनले अमेरिकाले नेपालसँग थप सहकार्य गरेर अघि बढ्न चहाएको बताए ।

Advertisement

आफुहरुको नेपालसँगको सम्बन्ध पुरानो भएकाले यसलाई थप मजबुत बनाउन चहाएको उनको भनाई छ । जिन विथ टेकर सन् १९६३ मे १ तारिखका दिन पहिलो अमेरिकी नागरिकको रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । हाल ९५ वर्षका टेकर अमेरिकामै रहेको बताइएको छ ।

Advertisement

उनले आरोहण गरेको ६० वर्ष पुरा भएको उपलक्ष्यमा अमेरिकी दुतावासले नाम्चेको हिमालय आविमा आयोजना गरेको कार्यक्रममा राजदुत थम्पसनसहित, पुर्वराजदुत दापुटी शेर्पा, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायतका व्यक्तिहरुको उपस्थिती रहेको एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले बताए ।

Advertisement

हेलिकप्टर मार्फत नाम्चे आएका राजदुत थम्पसन मौसम प्रतिकुलताका कारण फर्किन नसकेको बताइएको छ । राजदुतसहितको टिम आज सोमबार नाम्चेमै रहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै