सोलुदुधकुण्ड नगरपालिकाको ११ वटै वडामा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ ।
नगरपालिका भित्रका भित्रका आमा तथा शिशुको स्वास्थ्य अवस्थालाई सुधार ल्याउने, मातृ र शिशु मृत्युदर कम गराउने, बर्थिङ सेन्टरमा नै सुत्केरी गराउनुपर्छ भन्ने जानकारी दिनका लागि अभिमुमखिकरण गरिएको हो ।
कार्यक्रमलाइ समापन गर्दै सोलुदुधकुन्ड नगरपालिका ७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले आगमि दिनमा सुरक्षित मातृत्व र नवशिशु स्वास्थ्य लगायत स्वास्थ्यका अन्य क्षेत्रमा समेत लगानी गरेर वडा र नगरपालिकाका अन्य वडाहरुलाइ समेत स्वास्थ्य सम्बन्धि नयाँ नयाँ कार्यक्रम बनाएर अगाडि बढ्न सहयोग र सहकार्य गर्ने कुरामा आफू लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे ।
अभिमुखिकरणको सहजिकरण सोलुदुधकुण्ड नगरपालिकाका जनस्वास्थ्य निरीक्षक चमर मगर र सुवास तामाङले गरेका हुन् ।