spot_img

आमा समुहको सारथी स्थानिय सरकार

spot_img

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले नगरभित्र सक्रिय २० आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको छ । नियमित बचत गर्दै आएका आमा समूहलाई आम्दानीमूलक क्षेत्रमा लगानी गर्न लगाउने र आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ आर्थिक वर्ष २०७८र७९ को बीउ पुँजी घुम्ती कोष कार्यक्रमअन्तर्गत आमा समूहलाई एक लाखका दरले बीउ पुँजी उपलब्ध गराइएको हो ।

Advertisement

स्थापनाकालदेखि हालसम्म जनही मासिक पाँचदेखि ५० रुपैयाका दरले बचत गर्दै आपसमा ऋण लगानी गरिरहेका आमा समूहको प्रोत्साहनका लागि फिर्ता गर्न नपर्नेगरी बीउ पुँजी रकम थप गरिदिएको नगपालिकाका उपमेयर विमला राईले बताईन् । ११ वडा रहेको नगरपालिकामा हाल १०५ आमा समुह रहेका छन् । नगरपालिकाले गत वर्ष नियमित बचत गर्दै आएका १५ आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको थियो ।

Advertisement

नगरपालिकाले उपलब्ध गराएको रु एक लाख रकम पनि आमा समूहको कोषमा मिसाएर बैंक बराबरको ब्याजदरमा समूहकै सदस्यलाई ऋण लगानी गर्ने व्यवस्था मिलाइएको छ । बीउ पुँजी लिएपछि बाख्रा, बङ्गुर, तरकारी खेतीलगायत व्यवसाय सञ्चालनका लागि समूहका विपन्न महिलालाई प्राथमिकतामा राखेर ऋण लगानी गर्नुपर्ने शर्त छ । समूहबाट ऋण लिने व्यक्तिले ९ देखि १२ महिनाभित्र व्यवसाय सञ्चालन गरेर ऋण र ब्याज फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै