spot_img

जोरबौद्ध–नेले सडक सरसफाईमा उत्रिए वडाध्यक्ष शेर्पा

spot_img

सोलुखुम्बुको जोरबौद्ध–नेले सडकखण्ड सरसफाई गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका ७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको नेतृत्वमा जोरबौद्ध देखि भित्ते खोला सम्मको सडकको भित्तामा उम्रिएका बोटविरुवा कटान र खाल्डाखुल्डी पुरिएको हो । जोखिम पुर्ण सडक बन्दैगएपछि वडाध्यक्ष शेर्पा आफै वडाका जनप्रतिनिधि, स्थानियको सहभागितामा सडकको सरसफाई गरिएको हो । साथै, जेसिबि र ट्रिपर प्रयोग गरि सडकको खाल्डाखुल्डी पुरिएको हो ।

Advertisement

सडक मर्मतका लागि कसैले ध्यान नदिएपछि आफ्नो वडा भित्र पर्ने सडक सरसफाई गरिएको वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताए । वडामा रहेका युवा तथाा राजनितिक दलहरु र जनप्रतिनिधिको सक्रियतामा सरसफाई गरिएको वडा सदस्य भलाकाजी कार्कीले बताए । हिउँदको समयमा खाल्डाखुल्डी र बर्खाको समयमा पहिरो तथा ड्रेन भत्किदा सवारी संचालनमा समस्या भएको विषयमा सत्य प्रेसले
समाचार प्रकाशन गरेको थियो ।

Advertisement

यस अघि प्रदेश १ सरकार अन्तरगतको सडक पुर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रबक्ता रेवतीरमण पराजुलीले पुर्वाधार विकास कार्यालय ओखलढुंगालाई पत्राचार गरि सडक मर्मत गर्न लगाउने बताएका थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै