spot_img

मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

spot_img

काठमाडौं । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

Advertisement

आज (शुक्रबार) बिहान हाल प्रदेश–१ तथा मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशको अन्य भूभागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

शुक्रबार दिउँसो भने प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा भने आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी प्रदेशका पहाडी भू–भागमा भने आंशिक बदली रहनेछ । अन्य भू–भागमा भने मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

देश–१ को पहाडी भू–भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ । शुक्रबार राती भने प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा भने आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू–भागमा भने मौसम सामान्यतया सफा हुनेछ ।

प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै