spot_img

सोलु काँग्रेस प्रदेश ‘ख’ का सभापति शेर्पाले २२ विद्यार्थीलाई गरे छात्राबृत्ति वितरण

spot_img

लामो समय देखि शैक्षिक, आर्थिक तथा सामाजिक विकासका लागि काम गर्दै आएको द स्मल वर्ल्ड (टि.एस.डब्लु) ले सोलुखुम्बुका २२ जना विद्यार्थीलाई छात्राबृत्ति वितरण गरेको छ । गरिबी तथा पिछडिएका र जेहेन्दार छात्रालाई Proud to be a Girl नामक अभियान अन्तरगत उच्च शिक्षा हासिलका साथै महिला शसक्तिकरणका लागि छात्राबृत्ति उपलब्ध गराईएको हो । उक्त छात्राबृत्ति काठमाण्डौमा टोक्यी गार्डेन होटल गरिएको एक कार्यक्रमका बिच संस्थाका संस्थापक सोनाम डोका शेर्पा र प्रबन्ध निर्देशक कर्मा शेर्पाले हस्तान्तरण गरेका हुन् ।

Advertisement

संस्थापक सोनाम डोका शेर्पाले महिलाले आफु महिला भएकोमा कमजोरी नभई गर्व गर्नुपर्ने बताउँदै महिलाले समाजमा रहेको पुरुष भन्दा अनुकरणीय काम गरि देश विकासमा उल्लेखिय भुमिका निर्वाह सकिने बताईन् । समाज रुपान्तरणका लागि महिलाले ठुलो भुमिका खेल्न सक्ने बताईन् ।

Advertisement

नेपाली काँग्रेस प्रदेश ख का सभापति समेत रहेका प्रबन्ध निर्देशक शेर्पाले महिला शिक्षित भएमा मात्रै सामाजिक, आर्थिक र सर्वपक्षिय विकासका लागि टेवा पुग्ने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको बताए । शिक्षा अहिलेको आवश्यकता रहेकाले यसलाई महिला शशक्तिकरणका सवालमा केन्द्रित गरेर संस्थाले महिला लक्षित कार्यक्रम नै सञ्चालन गरेको शेर्पाले बताए ।

Advertisement

भक्तपुरमा अध्ययनरत नेचासल्यानकी नानुका भण्डारीले दुई दर्जन भन्दा बढि क्षेत्रमा अध्ययनरत विद्यार्थी सँग भेट गरि छलफल गर्न पाउँदा खुसी व्यक्त गरिन् ।

छात्राबृत्ति पाउनेमा मुना नेपाली,कोपिला तामाङ, नानुका भण्डारी, वीर कुमारी तामाङ, पासाङ शेर्पा, फुर्वा शेर्पा, रेशा सुन्दास, स्मृति माझि, शलिसा मगर, बिनीता राई, अम्रिता खड्का, टासी शेर्पा, पासाङ ल्हामु शेर्पा, रस्मिता खतिवडा, सुमीना राई, सुस्मीता रार्ई, पासाङफुटि शेर्पा, रोसनी मगर, पेम्बा शेर्पा, मुना बिक, रजनी तामाङ र गंगा राई रहेका छन् ।

12
10
308574500 469208651900784 3171398491916969679 n
308430674 534158918398649 3153167949300029519 n
8
308137421 3271667369816649 2672940586964338266 n
6
5
4
3
2 1
karma sir 1
add 2
himal fm1
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै