spot_img

सोलुमा पहिलो पटक इन्डोस्कोपी सेवा शुरु

spot_img

सोलुखुम्बुको जिल्ला अस्पतालमा इन्डोस्कोपी सेवा शुरु गरिएको छ ।

Advertisement

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले एक कार्यक्रमका बिच बिहीबार इन्डोस्कोपी सेवाको उद्घाटन गरेका हुन् । इन्डोस्कोपी सेवालाई निरन्तरता दिन र अस्पतालको सेवालाई प्रभावकारी बनाउने आर्थिक पक्ष सबल हुनुपर्ने भएकाले त्यसको लागि आफू लागि पर्ने जिसस प्रमुख निरौलाले बताए ।

Advertisement

अस्पतालमा डाक्टर नियमित रुपमा राख्नका लागि पनि पहल गर्ने उनको भनाई छ । सोही कार्यक्रममा डा. मिङमार ग्याल्जेन शेर्पाले इन्डोस्कोपी सेवाका लागि जिल्लाका नागरिक बाहिरी जिल्लामा उपचारका लागि जानुपर्ने बाध्यता अन्त्यका लागि यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी अनिल खनालले जिल्लामा सञ्चालनमा आएको सेवालाई प्रभावकारी बनाउदै निरन्तरतामा ध्यान दिन आग्रह गरे ।

Advertisement

जिल्लामै पहिलो पटक इन्डोस्कोपी सेवा सुरु भएको अस्पतालकी निमित्त कार्यलय प्रमुख सानी शेर्पाले बताईन् । जिल्ला अस्पताल फाप्लुले नयाँ भवनबाट केही दिन अघिबाट उक्त सेवा आरम्भ गरेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै