spot_img

खहरेमा बन्यो काठे पुल, स्थानियलाई आवतजावतमा सहज

spot_img

सोलुखुम्बु – बर्खाको समयमा खहरेखोलामा कति बोला बाढि आउँछ कसैलाई थाहा हुँदैन । हरेक वर्षातको समयमा खहरेखोलाहरुले ठुलो क्षति गर्ने गरेको तथ्य तपाई हामीलाई सर्वविवितै छ ।

Advertisement

अझ बर्खाको समयमा खहरेखोलाबाट सवारी आवतजावतका लागि समस्या हुने गरेको छ । यहि समस्यालाई ध्यानमा राख्दै मानिस आवतजावतका लागि सोलुखुम्बुको नेचासल्यान ५ स्थित माथिल्लो खहरे खोलामा काठे पुल निर्माण गरिएको छ । चालु आर्थिक बर्षमा पालिकाबाट विनियोजित ६ लाख लागतमा काठे पुल निर्माण गरिएको हो ।

Advertisement

पुल निर्माणपछि बर्षातको समयमा मोटरसाइकल चालक र पैदल यात्रुलाई सहज हुने नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिइन् । उनले भनिन, “बर्खाको समयमा पालिका आवतजावतका लागि मानिसलाई सहज होस भन्ने हिसाबले तत्कालका लागि काठे पुल निर्माण गरेका हौ, भविष्यमा दिगो समाधानका लागी पहल गरिने छ । ”

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै