आङ गेलु शेर्पा कांग्रेस केन्द्रीय कार्यसमितिमा मनोनित

spot_img

काठमाण्डौँ, बैशाख २८ । नेपाली कांग्रेसका नेता आङ गेलु शेर्पा पार्टीको केन्द्रीय कार्यसमितिमा मनोनित भएका छन् । पार्टी सभापति गगन कुमार थापाले सोमबार केन्द्रीय सदस्यहरू मनोनयन गर्ने क्रममा सोलुखुम्बुका शेर्पालाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिएका हुन् ।

Advertisement

पार्टीका पुर्व सभापति शेर बहादुर देउवा समूह र नेता शेखर कोइरला समूहबाट मनोनित १९ सदस्यको सूचीमा शेर्पा समावेश भएका छन् । यसअघि पनि केन्द्रीय कार्यसमितिमा रहेर काम गरिसकेका उनले पार्टीको पर्यटन विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । निष्ठावान, वैचारिक स्पष्टताको छवि बनाएका तथा सन्तुलित धारका नेताका रूपमा चिनिने शेर्पा पार्टीभित्र फरक पहिचान बनाउन सफल भएका छन् ।

Advertisement

विशेषगरी हिमाली भूगोल, पर्यटन विकास र स्थानीय समुदायका सरोकारका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका छन् । सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

Advertisement

देउवा समूहबाट मनोनित हुनेमा महेन्द्र यादव (धनुषा), उमेश श्रेष्ठ (चितवन), रमेश रिजाल (पर्सा), अजयकुमार चौरसिया (पर्सा), लक्ष्मी परियार (उदयपुर), आङ्गेलु शेर्पा (सोलुखुम्बु), दिनेशकुमार यादव (सप्तरी), राजीव ढुङ्गाना (सुनसरी), नागिना यादव (महोत्तरी), डा. जीवन राना (कैलाली) र सीता थपलिया (धादिङ) रहेका छन्। महेन्द्र यादव १४ औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित नेता हुन् ।

त्यस्तै कोइराला समूहबाट मनोनित हुनेमा जीवन परियार (कास्की), सुजाता कोइराला (मोरङ), दिलेन्द्रप्रसाद बडू (दार्चुला), डा. चन्द्रकान्त भण्डारी (गुल्मी), राजीव कोइराला (सुनसरी), प्रा.डा. गोविन्दराज पोखरेल (प्यूठान) र दिनेश कोइराला (चितवन) रहेका छन् । जीवन परियार पनि १४ औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित नेता हुन् । शेर्पाको पुनः मनोनयनसँगै कांग्रेसभित्र अनुभवी र विचारमा दृढ नेताको उपस्थिति थप सुदृढ हुने अपेक्षा गरिएको छ

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै