spot_img

हलेसी नगरको स्टेरीङ विमला र रमेशको हातमा, विमला भन्छिन्,‘सर्वपक्षिय विकासमा जोड दिनेछौ’

spot_img

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकामा चारदलीय गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेस विजयी भएको छ। प्रमुखमा बिमला राई र उपप्रमुखमा रमेश राउत निर्वाचित भएका हुन्। बिमलाले ६ हजार ३१७ मत पाउँदा एमालेका खडेन्द्र राईले ५ हजार ९६६ मत ल्याए। राई नगरप्रमुखमा दोश्रो पटक पराजित भएका हुन्।

Advertisement

बिमला यसअघि उपमेयरमा निर्वाचित भएकी थिइन्। खडेन्द्र यसअघि पनि कांग्रेसकै उम्मेदवार इवन राईसँग झण्डै ४ सय मतले पराजित भएका थिए। त्यतिबेला इवनले ४ हजार ३९७ मत र खडेन्द्रले ३ हजार ९९९ मत पाएका थिए। माओवादीका हरी गिरीले १ हजार ६८६ मत पाएका थिए। यसपटक माओवादीको समेत साथ पाउँदा पनि खडेन्द्र निवार्नचित हुन सकेनन्।

Advertisement

बिमलाले भने २०७४ सालमा सर्वाधिक मत पाएकी थिइन्। त्यतिबेला उनले ४ हजार ४८६ मत ल्याएर निर्वाचित भएकी थिइन्। यस्तै उपप्रमुखमा निर्वाचित राउतले ५ हजार ९३४ मत पाए। उनले माओवादीका अमेम्बर राईलाई पराजित गरेका हुन्।

Advertisement

अमेम्बरले ५ हजार ६६१ मत पाए। एमालेबाट उपमेयरमा र माओवादीले मेयरमा पनि उम्मेदवारी दर्ता गरेका थिए। तर पछि आफ्ना उम्मेदवारलाई मत नमागि गुपचुप गठबन्धन गरेका थिए।

केन्द्रमा बनेको ५ दलीय गठबन्धनमा गठबन्धन बाहिरका दलसँग नमिल्ने भनेपनि हलेसी तुवाचुङ नगरपालिकामा भने गठबन्धनकै तीन दल माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एमालेसँग वडा तहसम्मै तालमेल गरेका थिए।

मेयरमा निर्वाचित बनेकी राईले हलेसी तुवाचुङ नगरपालिकाको सर्वपक्षिय विकासलाई जोड दिने बताईन् । खानेपानी समस्या समाधान, स्वास्थ्य, शिक्षा, सिचाई, भौतिक पुर्वाधार लगायतका काम आफ्नो प्राथमिकतामा रहने बताईन् ।

कांग्रेसविरुद्ध गठबन्धन गरेका दलहरु हलेसीमा कमजोर देखिएका छन्। नगरपालिकाका ११ मध्ये ३ वटामा गठबन्धनका उम्मेदवार र ८ वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै