spot_img

सोलुदुधकुण्डमा नाम्गेल र गान्धीले सानदार जित निकाल्दै, एमाले उम्मेदवारसँग फराकिलो मतान्तर

spot_img

सोलुदुधकुण्ड नगरपालिका ६ को मतगणना बाँकी छदै मेयर र उपमेयरमा नाम्गेल जाङबु शेर्पा र गान्धीमाया तामाङ जित नजिक पुगेका छन् ।

Advertisement

एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पार्दै कांग्रेसका उम्मेदवार नाम्गेल र गान्धीले जित सुनिश्चित गरेका हुन् । १० वटा वडाको मतगणना सकिदा नाम्गेल जाङबु एमालेका आङकाजी शेर्पा भन्दा ५९६ मतले अघि देखिएका छन् । नाम्गेल जाङबुले ४५०० मत प्राप्त गर्दा आङकाजीले ३९०४ मत प्राप्त गरेका छन् ।

Advertisement

नाम्गेलले नहार्ने नेताको छवि बनाएका छन् । २०७४ सालमा मेयर जितेका कांग्रेसको जिल्ला अधिबेशनमा पनि सभापति जितेका थिए । उपमेयरमा पनि नेपाली कांग्रेसकी गान्धीमाया तामाङ जित नजिक पुगेकी छिन् । उनले एमालेकी मोहन कुमारी कार्कीलाई ३६७ मतले पछि परेकी छन् ।

Advertisement

गान्धीमायाले ४०१४ मत प्राप्त गर्दा मोहन कुमारीले ३७४७ मत प्राप्त गरेकी छिन् । यसअघि टाक्सिन्दु, केरुङ, फाप्लु र सल्लेरीमा एमाले उम्मेदवार विजयी हुँदा बेनी, तामाखानी, तिङला, टाप्टिङ र गार्मामा कांग्रेसले जित निकालेको छ । गोराखानी भने माओवादी केन्द्रले जितेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै