spot_img
spot_img

दिक्तेल नगर प्रमुखका लागि कांग्रेसबाट १६ नेताको नाम सिफारिस

spot_img

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख उम्मेदवारका लागि नगर समितिबाट १६ जना आकांक्षिको नाम सिफारिस गरिएको छ ।

नगर कार्य समितिको सोमबार बसेको बैठकले नगर प्रमुखको उम्मेदवारका लागि कांग्रेस जिल्ला उपसभापति तिर्थराज भट्टराई, महाधिबेशन प्रतिनिधि धर्मराज पोखरेलसहित १६ आकांक्षिको नाम सिफारिस गरेको हो । भट्टराईको नाम सर्वसम्मत सिफारिस गरिएको समाचार गलत भएको समितिका एक सदस्यले बताए ।

सिफारिस हुनेहरु अन्यमा रुद्र गिरी, कुमार पुरी, निशान राई, राजनशेर राई, सुमनबाबु आचार्य, ज्ञानेन्द्र जोशी, श्याम राई, रोजन राई, गोपाल सैजु, योगेन्द्र राई, इन्द्र घिमिरे, राम कुमारी राई लगायत छन् । ५ दलीय गठबन्धनबीच भएको सहमति अनुसार दिक्तेल रुपाकोटमा प्रमुखको उम्मेदवार कांग्रेसले पाएको छ ।

नेकपा एमालेका उम्मेदवारसँग गठबन्धन लड्ने भएकाले पनिे उम्मेदवारको आकांक्षि बढि देखिएको बताइन्छ । सिफारिस गरिएको नाम क्षेत्रीय, जिल्ला हुँदै प्रदेश समितिले उम्मेदवार टुंगो लगाउनेछ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img

भर्खरै