spot_img

खिजिदेम्बाका ६६ स्वास्थ्य स्वयमसेविकाले आधारभुत आँखा उपचार गर्न सक्ने

spot_img

ओखलढुंगा – खिजीदेम्बा गाउँपालिका भित्रका ६६ महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आधारभुत आँखा उपचार तालिम प्रदान गरिएको छ ।

Advertisement

जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगाको आयोजना तथा खिजीदेम्बा गाउँपालिकाको सहकार्यमा जेठ ८ गते देखि १० गते सम्म ३ चरणमा तालिम प्रदान गरिएको हो ।

Advertisement

समाजमा रहेका आँखा रोगीको पहिचान गरि ग्रामिण आँखा केन्द्र र सामुदायिक आँखा केन्द्रमा रिफर गर्ने, समुदायमा अन्धोपन घटाउने, दृष्टि परीक्षण गर्न र आँखा बिरामीको पहिचान गर्न सक्ने बनाउने, अन्धोपना गराउने आँखा रोगको बारेमा जानकारी गराउने उदेश्यले तालिमको आयेजना गरिएको हो ।

Advertisement

तालिमको सहजिकरण जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुको प्रमुख पुष्पबाबु बस्नेत र ओलखढुंगा सामुदायिक आँखा केन्द्रका प्रमुख टिका राईले गरेका थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै