spot_img

सोलुखुम्बुको लुक्लामा मन्थलीबाट उडान सुरु

spot_img

असोज ८, सोलुखुम्बु । पर्यटकीय विमानस्थल सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा रामेछापको मन्थलीबाट उडान सुरु भएको छ । पर्यटकीय सिजन सुरु भएसँगै काठमाण्डौँमा हुने उडानको चापलाई ख्याल गर्दै आईतबारदेखि मन्थली–लुक्ला उडान सुरु भएको हो ।

Advertisement

पहिलो दिन लुक्लामा भएका २५ उडान मध्ये ८ वटा मन्थलीबाट भएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । सोमबार भने मौसमका कारण लुक्लामा उडान हुन नसकेको एटिसी अफिसर किरण गौतमले जानकारी दिए । तारा, समिट र सीता एयरले विदेशी पर्यटकहरूका लागि मन्थली–लुक्ला उडान भर्न थालेका हुन् ।

Advertisement

पर्यटकका लागि सिजन मानिने यस बेला काठमाडौँको एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने भएपछि ती कम्पनीहरूले विदेशी पर्यटकहरूलाई मन्थली विमानस्थलसम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि उडान भर्न लागेका हुन् । यसअघि विभिन्न कारण दुई वर्षदेखि थलिएर भर्न नसकेका वायुसेवा कम्पनीहरूले यस वर्ष बेलैदेखि उडान भर्न लागेका छन् ।

Advertisement

यो पर्यटकहरूको सिजन भएकाले दैनिक रूपमा मौसमले साथ दिएसम्म पर्याप्त उडान भर्ने योजना रहेको कम्पनीहरूले बताएका छन् । काठमाडौँबाट नजिक रहेको यस एयरपोर्टमा साना विमानस्थलहरूका लागि हवाई इन्धन सहितको व्यवस्था भएको पूर्वी क्षेत्रकै एकमात्र विमानस्थल भएकाले इमर्जेन्सी विमान अवतरणका लागिसमेत उपयोगी मानिएको छ ।

तर नजिकको दूरीमा रहेर पनि रामेछाप–काठमाडौँको नियमित उडान भने कुनै कम्पनीहरूले पनि गर्न सकेका छैनन् । स्थानीय प्रशासन र सङ्घीय तथा प्रदेश सांसदहरूको पहलमा ती कम्पनीहरूले नियमित उडान भर्ने सहमति गरी कार्य तालिका नै प्रकाशन गरे पनि यात्रु अभाव देखाउँदै उडान भरेका छैनन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै