spot_img

मनकारी वडाध्यक्ष, आफ्नो सेवासुविधाको रकम पानी व्यवस्थापनमा खर्चिदै

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ का वडाध्यक्ष फुनुरु शेर्पाले आफुले वडाबाट पाउने सेवासुविधा वापतको रकम खानेपानी व्यवस्थापनमा खर्च गर्ने भएका छन् । वडामा देखिएको खानेपानी समस्या समाधानका लागि वडाध्यक्ष शेर्पाले पालिकाबाट प्राप्त हुने सेवासुविधाको रकमबाट एक जना कर्मचारी राख्ने घोषणा गरेका हुन् ।

Advertisement

वडाको खानेपानीलाई व्यवस्थित गर्न बुक्सा खानेपानीको रेखदेख गर्ने गरी कर्मचारी राख्ने प्रतिवद्धता प्रकट गरेको वडासदस्य अनिल राईले जानकारी दिए । यससँगै खानेपानीको रेखदेखका लागि उपभोक्ताले संकलन गर्दै आएको मासिक १९० रुपैयाँ शुल्क मिनाह हुने भएको छ ।

Advertisement

यसअघि खानेपानीको रेखदेखका लागि कर्मचारीलाई तलब खुवाउन उपभोक्ताले मासिक रुपमा शुल्क संकलन गर्दै आएका थिए । वडाध्यक्षको उक्त निर्णयले वडामा करिब ४ महिनादेखि अव्यस्थित बनेको खानेपानी समस्या समेत हल हुने विश्वास गरिएको छ ।

Advertisement

वडासदस्य राईका अनुसार नयाँ जनप्रतिनिधि वडामा आएसँगै राजनितिक खिच्चतानीका कारण पुरानो खानेपानी समिति निस्कृय हुँदा पछिल्लो ४ महिनायता बुक्सा क्षेत्रको खानेपानी अस्तव्यस्त बनेको थियो । उक्त समस्यालाई हल गर्न वडा कार्यालयले फुर्टेण्डी शेर्पाको अध्यक्षतामा ११ सदस्यीय नयाँ खानेपानी उपभोक्ता समिति समेत गठन गरेको छ ।

२८ सय ४० मिटरको उचाईमा रहेको नाकखर्क मुहानबाट ल्याइएको बुक्सा खानेपानी सो क्षेत्रका ११६ घरधुरीले उपभोग गर्दै आएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै