spot_img

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको संख्या ८४ प्रतिशतले बढ्यो

spot_img

असोज ७, सोलुखुम्बु । विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र पुग्ने पर्यटकको संख्यामा ८४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको तुलनामा भदौ महिनामा सो क्षेत्र भमण गर्नेको संख्यामा ८४.२९ प्रतिशतले वृद्धि भएको हो ।

Advertisement

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको तथ्यांक अनुसार साउनमा २ सय ८ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । तर भदौमा १ हजार ३ सय २५ जनाले सगरमाथा क्षेत्र भ्रमण गरेको भ्रमण अनुमती लिएको निकुञ्जका सुचना अधिकारी मनोज मण्डलले जानकारी दिए ।

Advertisement

भदौमा भ्रमण अनुमती लिनेमा १ हजार १ सय ५४ जना विदेशी र १७० जना नेपाली रहेका छन् । जसबाट ३२ लाख ६८ हजार ३ सय ८७ रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले नेपालीले प्रवेश शुल्कबापत १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र अन्य विदेशी पर्यटकलाई तीन हजार रुपैयाँ प्रति व्यक्ति राजश्व संकलन गर्ने गरेको छ ।

Advertisement

खुम्बुमा वर्षको २ सिजन चैत्र, वैशाख, जेठ र असोज, कार्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । अहिले सिजन सुरु भएसँगै खुम्बुमा पर्यटक संख्या उत्साहजनक रुपमा वृद्धि भइरहेको छ ।

निकुञ्जले विदेशी पर्यटकबाट प्रति पर्यटक ३ हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ भने सार्क देशका नागरिकबाट एक हजार ५ सय र एक पटक हेलिकोप्टर अवतरण गरे बापत तीन हजार रुपैयाँ अवतरण शुल्क लिने गरेको सूचना अधिकारी मण्डलले बताए । २०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज ११४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।

पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ६ हजार मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुरा समेत रहेको छ यस निकुञ्ज भित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै