spot_img
spot_img

जरिवाना रकम मिनाहाको माग गर्दै नगरपालिका संघले भेट्यो गृहमन्त्री

spot_img

काठमाण्डौँ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर समयमै खर्च विवरण नबुझाएकालाई निर्वाचन आयोगले तोकेको जरिवाना रकम मिनाहाको माग गर्दै नेपाल नगरपालिका संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

गत बैशाख ३० मा सम्पन्न निर्वाचनमा वडासदस्य देखि पालिका प्रमुख, उपप्रमुखले निर्वाचन आयोगले तोकेको अवधिमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले तोकेको जरिवाना रकम अस्वभाविक भएको भन्दै मिनाहाको माग गर्दै गृहमन्त्री रवि लामिछानेलाई भेटेर ध्यानाकर्षण गराएको नेपाल नगरपालिका संघका केन्द्रीय सदस्य तथा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले जानकारी दिए ।

अधिकांश उम्मेदवारको आर्थिक अवस्था कमजोर रहेको र कारबाहीको रकम मिनाहा नगरे उनीहरुको राजनीति गर्ने अधिकार हनन हुने भएकाले मिनाहाको प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराइएको संघले जनाएको छ । संघले निर्वाचन खर्च विवरण बुझाउने सन्दर्भमा आवश्यक सूचना प्रवाहमा कमजोरी हुँदा पनि समस्या आएको गृहमन्त्री लामिछानेलाई बुझाएको पत्रमा उल्लेख गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा (४)बमोजिम निर्वाचन सकिएको ३० दिन भित्र निर्वाचन खर्च नबुझाउने गाउँपालिका अन्तरगत वडा अध्यक्ष, सदस्यका उम्मेदवारलाई एक लाख ५० हजार देखि महानगरपालिकाका प्रमुख, उपप्रमुखका उम्मेदवारलाई जनही ७ लाख ५० हजार जरिवाना तोकेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img

भर्खरै