spot_img

विश्व किर्तिमानी पत्रकार निरौलालाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

spot_img

असोज ६, सोलुखुम्बु । विश्व किर्तिमानी पत्रकार भानुभक्त निरौलालाई युवा पत्रकारिता पुरस्कार २०८० बाट सम्मान गरिएको छ । प्रेस काउन्सिल नेपालको ५४ औँ स्थापना दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रमाण–पत्र तथा नगद पुरस्कार सहित निरौलालाई सम्मान गरिएको हो ।

Advertisement

राष्ट्रपति भवन शितलनिवासमा आयोजित बिशेष समारोहमा सञ्चार मन्त्री रेखा शर्मा र काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सम्मान–पत्र हस्तान्तरण गरेका हुन् । सोलुखुम्बु जिल्लामा जन्मिएर नेपाली सञ्चार जगतमा विगत १७ बर्षदेखि निरन्तर क्रियाशिल पत्रकार निरौलाले विश्वकै सबैभन्दा लामो रेडियो अन्तरवार्ता मार्फत विश्वकिर्तिमानी कायम गरेको बर्षदिनभित्रै अर्को ईतिहास रच्न सफल भए ।

Advertisement

उनी सोलुखुम्बु जिल्लाबाट संचालित हिमाल एफ.एम ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक र कान्तिपुर मिडियाग्रुपमा समेत आवद्ध रहि कलम चलाईरहेका छन् । निरौलाले पत्रकारिता तथा आम सञ्चार विषयमा पुर्वान्चल विश्वविद्यालयबाट स्नातकोत्तर उतिर्ण गरेका छन् ।

Advertisement

पत्रकारिता मार्फत समाज रुपान्तरणमा सकारात्मक भुमिका निर्वाह गरेको भन्दै काउन्सिलले उनलाई युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । पुरस्कार तथा सम्मान ग्रहण गर्दै निरौलाले आम सञ्चार माध्यम मार्फत थप जिम्मेवार हुदै समाजमा व्याप्त विकृति, विसंगति र भ्रष्टाचारका विरुद्ध खबरदारी गर्ने बताए ।

आम सञ्चार माध्यम राज्यको तेस्रो आँखा र चौथो अंगका रुपमा रहेकाले त्यो दायित्वबाट आफू कत्तिपनि विचलित नहुने उनको धारणा छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै