spot_img

कर कार्यालय ओखलढुंगाको राजस्व झण्डै ३ करोड बढ्यो

spot_img

साउन १३, सोलुखुम्बु । माथिल्लो सगरमाथाका जिल्लाहरु ओखलढुंगा र सोलुखुम्बुको कर कार्यालय ओखलढुंगाको राजस्व संकलनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा भन्दा गत आर्थिक वर्ष २०७९/८० मा २ करोड ८७ लाख ५० हजार रुपैयाँ बढी राजस्व संकलन भएको हो ।

Advertisement

अघिल्लो आर्थिक वर्षमा २९ करोड ४२ लाख १६ हजार मात्रै राजश्व संकलन गरेकोमा गत आर्थिक वर्षमा ३२ करोड २९ लाख ६६ हजार राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष सबैभन्दा बढी आयकर वापत २० करोड ५६ लाख ३६ हजार, मूल्यअभिबृद्धी कर वापत १० करोड ६ लाख ९७ हजार, घर बहाल कर वापत एक करोड १५ लाख ५१ हजार संकलन भएको छ ।

Advertisement

यस्तै अन्तशुल्क वापत २६ लाख ४४ हजार, ब्याज कर २४ लाख ३७ हजार र सबैभन्दा कम शिक्षा सेवा कर वापत दुई हजार राजश्व संकलन भएको करदाता सेवा कार्यालय ओखलढुंगाका निमित्त प्रमुख नेत्रप्रसाद बास्तोलाले जानकारी दिनुभयो । उक्त आर्थिक वर्षमा ३४ करोड ७३ लाख ८२ हजार संकलन गर्ने लक्ष्य राखेकोमा ९२.९७ प्रतिशत राजश्व संकलन भएको उहाँको भनाई छ ।

Advertisement

व्यवसाय गर्न छोड्ने, कर कार्यालय लाहानमै गएर राजश्व बुझाउने र व्यवसायमा घाटा हुने जस्ता कारणले लक्ष भन्दा केहि कम राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयबाट गत आर्थिक वर्षमा ९ हजार ५ सय ४६ व्यवसायिक पान दर्ता, ५ हजार २० व्यक्तिगत पान दर्ता, ५ सय ८९ मुल्य अभिवृद्धि कर दर्ता, २ सय ९८ अन्तः शुल्क दर्ता र २ सय ५१ टि.डि.एस पान दर्ता भएको छ । कार्यालयले ओखलढुंगा र सोलुखुम्बुका नागरिकहरुलाई कर सम्बन्धी सेवा दिने गरेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै