spot_img

थुलुङ दुधकोशीले सुरु गर्‍यो कृषि एम्बुलेन्स सेवा, गाउँको उत्पादन ढुवानीमा सहजता

spot_img

असार ६, सोलु्खुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले प्रयोगमा ल्याएको कृषि एम्बुलेन्स सेवा प्रभावकारी बनेको छ । पालिकाले कृषकहरुले उत्पादन गरेको कृषि उपजलाई बजार सम्म पु¥याउने उदेश्यका साथ करिब ६ महिना अघि खरिद गरेको कृषि एम्बुलेन्स(गाडी) प्रभावकारी बनेको हो ।

Advertisement

कृषकलाई खेतीप्रति आर्कषित गराउन ढुवानीका लागि ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्सको व्यवस्था गरेको छ । उक्त एम्बुलेन्सले अहिले पालिका क्षेत्रमा उत्पादित कृषि उपजहरु जिल्ला भित्र तथा बाहिर लगिरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

Advertisement

उनले भने, ‘हामीले अहिले ७५ प्रतिशत ढुवानी अनुदान पालिका र बाँकी २५ प्रतिशत मात्रै कृषकलाई व्यर्होन लगाएका छौँ, यसो गर्दा कृषकलाई समेत अपनत्व हुने ठानेर जनप्रतिनिधिसहितको समिति नै बनाएर ढुवानी गरिरहेका छौँ ।’

Advertisement

पालिका क्षेत्रबाट स्थानीय बजारमा बढी भएका आलु, किबी, केरा लगायतका कृषि उपजहरु विराटनगर, काठमाण्डौँसहितका क्षेत्रमा बिक्रीका लागि पठाइएको जनाइएको छ । मंगलबार वडा नम्बर २ स्थित काँगेलमा उत्पादन भएको २० मुरी आलु स्थानीय बजारले धान्न नसकेपछि वडा कार्यालयले सङ्कलन गरेर काठमाण्डौ पठाएको वडाअध्यक्ष युजन बस्नेतले जानकारी दिए ।

गाउँबाट सङ्कलन गरेको आलु काठमाण्डौमा रहेका थुलुङ दुधकोशी गाउँपालिकावासीलाई नै सुलभ मूल्यमा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ । पहिलो चरणमा २० मुरी आलु सङ्कलन गरेर पठाएको र माग अनुसार थप आलु पठाउने वडाध्यक्ष बस्नेतले बताए ।

थुलुङ दुधकोशी क्षेत्रमा खेती गर्न चहाने कृषकको उत्पादनको बजारको जिम्मा गाउँपालिकाले लिने उदेश्यका साथ जिल्लामै पहिलो पटक आफुहरुले कृषी एम्बुलेन्स खरिद गरेर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष राईले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै