spot_img

संघ सरकारबाट सोलुखुम्बुलाई २ अर्ब ४६ करोड बढी बजेट

spot_img

जेठ २० सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका लागि संघीय सरकारले २ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढी रकम विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले विभिन्न अनुदान बापत जिल्लामा २ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ पठाउने भएको हो ।

Advertisement

आठ स्थानीय तह रहेको जिल्लामा सबै भन्दा बढी सोलुदुधकुण्ड नगरपालिकाले ४८ करोड ७४ लाख रुपैयाँ बजेट प्राप्त गर्ने भएको छ । सबै भन्दा कम लिखुपिके गाउँपालिकाले १७ करोड ६९ लाख बजेट प्राप्त गर्ने जनाइएको छ । दोश्रो बढी बजेट पाउने स्थानीय तहमा थुलुङ दुधकोशी गाउँपालिका परेको छ ।

Advertisement

थुलुङ दुधकोशीले ४६ करोड ८५ लाख बजेट प्राप्त गर्ने भएको छ । नेचासल्यान गाउँपालिकाले ३७ करोड ५४ लाख, माप्य दुधकोशी गाउँपालिकाले २८ करोड ७२ लाख र सोताङ गाउँपालिकाले २३ करोड ७८ लाख बजेट प्राप्त गर्ने अर्थमन्त्रालयले जनाएको छ ।

Advertisement

यस्तै खुम्बु पासाङल्हमु गाउँपालिकाले २१ करोड ६८ लाख र महाकुलुङ गाउँपालिकाले २१ करोड ३४ लाख बजेट विभिन्न अनुदान बापत प्राप्त गर्ने जनाइएको छ । उक्त रकम संघीय सरकारले वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान वापत स्थानीय तहका लागि विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै